जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु

988

असोज १४, डोटी ।
डोटीको जिल्ला अस्पतालमा कार्यरत अहेव प्रेमबहादुर बोगटीको मृत्यु भएको छ।
बोगटान फुड्सिल गाउँपालिका–६ पलाडी घर भई हाल दिपायल सिलगढी नगरपालिका–६ सिलगढीस्थित जिल्ला अस्पताल डोटीमा कार्यरत ३४ वर्षीय बोगटी बुधबार अस्पतालकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए।
जिल्ला प्रहरी कार्यालय डोटीका इन्स्पेक्टर सुवर्ण चन्दले दिएको जानकारी अनुसार आज बुधबार बिहान करिब १०ः३५ बजे अस्पतालमा कार्यरत कर्मचारीले उनलाई शौचालयमा बेहोस अवस्थामा फेला पारेका थिए। त्यसपछि तत्काल उपचारका लागि उनलाई अस्पतालको इमर्जेन्सी कक्षमा लगिएको थियो।
चिकित्सकले चेकजाँच गर्ने क्रममा बिहान १०ः५५ बजे बोगटीलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
उनी बुधबार अस्पतालको इमर्जेन्सी फाटमा ड्युटीमै थिए । सो समयमै शौचालय गएको र पछि बेहोस अवस्थामा फेला परेका थिए ।
बोगटी झन्डै ५/६ वर्षदेखि जिल्ला अस्पतालमा कार्यरत रहेको र उनी प्रेसरको औषधि सेवन गर्दै आएका बुझिएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवीन काफ्लेले जानकारी दिए ।
घटनाको थप विवरण तथा मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

केही समय पहिले मात्रै उनले आमा गुमाएका थिए ।

Leave A Reply

Your email address will not be published.