डोटीको शिखर नगरपालिकामा नेकपाको भ्रष्टाचार विरोधी १ महिने भण्डाफोर अभियान शुरु

849

असोज २, डोटी ।

डोटीको शिखर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भ्रष्टाचार, अनियमितता र गलत प्रवृत्ति विरुद्ध १ महिने भण्डाफोर अभियान शुक्रबारदेखि शुरु गरेको छ ।
नेकपाको शिखर नगर संगठन कमिटिको शुक्रबार बसेको पाँचौं बैठकबाट १ महिने अभियानको कार्यतालिका पनि सार्वजनिक गरिएको छ ।
विशेषतः कोभिड–१९ व्यवस्थापनका नाममा शिखर नगरपालिकामा भएको अनियमितता, नगरपालिकाको बन्दै गरेको कार्यालय भवनमा मापदण्ड विपरित निर्माण सामाग्री प्रयोग र सो विषयको विवादमा उल्टै नेकपा कार्यकर्ता माथि मुद्दा चलाईएको, निर्माण सम्बन्धी इजाजत पत्र नविकरण गर्दा नेपाली काँग्रेसबाट जितेका जनप्रतिनिधीले काँग्रेस प्रवेश गरेमात्रै नविकरण गरिने बताएको, विभिन्न योजनामा अनियमितता गरेको भन्दै शुक्रबार पहिलो दिन नगरपालिकाको तलकोटस्थित प्राङ्गणमा कोण सभा समेत गरेको छ । भ्रष्टाचार विरुद्ध चर्का नाराबाजी सहित नगरपालिकामा पुगेर कोण सभा गरिएको हो ।
कार्यक्रमलाई नेकपाका सुदूरपश्चिम प्रदेश सदस्य लाल बहादुर कठायत, शिखर नगरपालिका इञ्चार्ज रमेश जोशी ‘सैपाल’, नगर कमिटी अध्यक्ष सागर भट्ट, डोटी जिल्ला सचिवालय सदस्य इन्द्र बलायर, जगन्नाथ भट्ट, शिखर नगर कमिटि सचिवालय सदस्य जगन्नाथ बलायर लगाएतका नेताहरुले सम्वोधन गरेका थिए ।
कोण सभा पूर्व नेकपा शिखर नगर संगठन कमिटिको बैठकमा नेकपा डोटी जिल्ला अध्यक्ष चक्र मल्ल, सचिव जङ्ग बि.क. ‘शैलेन्द्र’, सुदूरपश्चिम प्रदेश कमिटि सदस्य लाल बहादुर कठायत, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य नरेश मलासी लगाएत थुप्रै नेताहरुले मन्तव्य राखेका थिए ।

देशभर तीन वटै तहका सरकारहरुमा प्रभुत्व रहेको सत्तारुढ दल नेकपाले औपचारिक निर्णय गरी भण्डाफोर अभियान चलाएको देशमै पहिलो भएको नेकपा शिखर नगर कमिटि अध्यक्ष सागर भट्टले बताए । नगरभित्र भएका भ्रष्टाचार विरुद्ध सप्रमाण सम्बन्धित निकायमा उजुरी समेत दिईने नेकपाले जनाएको छ ।

शिखर नगरपालिकामा नगर प्रमूख, उप प्रमूख सहित ११ वटा वडामध्ये वडा नं. ३, ६, ७ र ११ बाहेक वडा अध्यक्षहरु पनि जितेको नगरपालिका हो । जहाँ नेपाली काँग्रेसको बहुमत रहेको छ ।

नेकपाको शुक्रबारको बैठकको निर्णय अनुसार नगरपालिकाका ११ वटै वडाहरुमा सञ्चालन गरिने भण्डाफोर अभियानको कार्यक्रम तालिका र थप निर्णयहरु हेर्नुहोस –

 

Leave A Reply

Your email address will not be published.