डोटीका नौ वटै स्थानीय तहका स्वास्थ्य संयोजकहरू सम्मानित

751

असोज २, डोटी ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनमा महत्त्वपूर्ण योगदान दिएको भन्दै डोटीका ९ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरू सम्मानित भएका छन् ।
स्वास्थ्य कार्यालय, डोटीले विहीबार र शुक्रबार आयोजना गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक समीक्षा तथा कोभिड–१९ को समिक्षा गोष्ठीमा उनीहरूलाई टोपी, दोसल्ला र पुष्पगुच्छाले सम्मान गरिएको हो ।
जिल्लामा स्वास्थ्यकर्मीको स्वीकृत दरबन्दीको करिब ३५ प्रतिशत पद रिक्त भएको अवस्थामा जनशक्ति कम हुँदा पनि उनिहरूले रातदिन खटेर काम गरेकोले सम्मान गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमूख रमेश मलासीले बताए ।
क्वारेनटिन व्यवस्थापन, स्वाव सङ्कलन, सङ्क्रमितको हेरचाह, सूचना सम्प्रेषणमा स्थानीय तहका स्वास्थ्य संयोजकहरूको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए ।
जिल्लामा स्वास्थ्यकर्मीको दरबन्दी रिक्त हुँदा सेवा प्रदान गर्न समस्या रहेको छ ।
गत जेठ १९ गते पहिलो पटक १ पुरुषमा कोरोना संक्रमण देखा परे यता डोटी जिल्लामा शुक्रबारसम्म एक हजार ४६ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ९ सय ३३ जनाले कोरोनालाई जितेको तथ्यांक छ ।

Leave A Reply

Your email address will not be published.