के हो भीम खड्का र सावित्री दाहालको ‘हजार चोट’ को कहानी ? (हेर्नुहोस् भिडियो सहित….)

619

असोज ३, डोटी ।

वर्तमान गीतसँगीतको दुनियाँमा व्यस्त मोडल कैलालीका भीम खड्का र भक्तपुरकी सावित्री दाहालद्वारा अभिनित ‘हजार चोट’ बोलको आधुनिक गीत शनिबार सार्वजनिक भएको छ ।
दिपेन्द्र खड्काको प्रेम रसयुक्त शब्द सिर्जनामा गोविन्द मधुर आचार्यको स्वर तथा सँगीत रहेको उक्त गीत सुप्रिया मिडिया हाउस युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

तिमीलाई माया गर्नु मेरो भूल हो भने, दुःख पर्दा साथ दिनु यदि पाप हो भने, तिमि के सजाय दिन्छ्यौ म भोग्न तयार छु तिम्रो खुशीको लागि हजार चोट सहन तयार छु भन्दै गीतमा मोडेल भीम खड्काले सावित्री दाहाललाई अभिनयबाटै फकाउन खोजेका छन् ।


सुदिप सागरको एरेञ्जमा ए वान रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको गीतको भीडियोमा प्रेम रोङ्गिलाले पनि अभिनयमा साथ दिएका छन् ।
दर्जनौं गीतमा अभिनय गरिसकेका मोडल भीम खड्काकै कन्सेप्टमा देवेन्द्र कुँवरको निर्देशनमा नरेश ऐरको टीमले छायांकन गरेको गीतको सम्पादन मिन रावलले गरेका छन् ।

 

Leave A Reply

Your email address will not be published.