थप १ हजार ३ सय २५ जना कोरोना सङ्क्रमित, कुल संक्रमित संख्या ६४ हजार १ सय २२ पूग्यो

462

असोज ४, काठमाण्डौ ।
नेपालमा कोरोना भाइरसका थप १ हजार ३ सय २५ जना सङ्क्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय २५ जना मानिस सङ्क्रमित थपिएका हुन् ।
देशभरीका विभिन्न ४९ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ८४ वटा आरटी पीसीआर परीक्षण गरिएको जनाईएको छ । योसँगै नेपालमा ९ लाख १४ हजार २ सय ९० वटा आरटी पीसीआर परीक्षण गरिएको छ।
मन्त्रालयको दैनिक प्रेस ब्रिफिङमा दिईएको जानकारी अनुसार अब नेपालमा कुल सङ्क्रमितको संख्या ६४ हजार १ सय २२ जना पुगेको छ।
त्यस्तै पछिल्लो चौबीस घण्टामा ९ सय ६६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् भने हालसम्म कुल ४६ हजार २ सय ३३ जना निको भएका छन् । कोरोना संक्रमणमुक्त हुने दर ७२ प्रतिशत पुगेको जनाईएको छ ।
हाल १७ हजार ४ सय ७८ जनामा सङ्क्रमण सक्रिय रहेको छ ।
यसैबिच पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ सय ११ जना पुगेको छ । मन्त्रालयका अनुसार कोरोनाका कारण हुने मृत्युदर शुन्य दशमलब ६४ प्रतिशत रहेको छ ।

Leave A Reply

Your email address will not be published.