सिड नेपालद्वारा डोटीमा झण्डै साढे ७ लाख बराबरका स्वास्थ्य सामाग्री सहयोग

876

असोज ६, डोटी ।

स्वास्थ्य क्षेत्रमा काम गर्ने डोटीको गैर सरकारी सँस्था समान पहुँच विकास केन्द्र (सिड) नेपालले पछिल्लो समयमा मात्रै करिब साढे ७ लाख बराबरका स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
कोभिड–१९ को माहामारीलाई मध्यनजर गर्दै सेवा प्रवाहलाई निरन्तरता दिन र प्रभावकारी बनाउन रु. ७ लाख ४८ हजार ७ सय ४९ बराबरका स्वास्थ्य सामाग्री वितरण गरिएको सिड नेपालका मिल अफिसर विक्रम जोशीले जानकारी दिए ।
वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा सिड नेपालले सायल गाउँपालिकाको वडा नं. २, ३, ४, ५ र ६, त्यसैगरी दिपायल सिलगढी नगरपालिकाको वडा नं. २ र ९ एवं पुर्विचौकी गाउँपालिकाको वडा नं. १, २ र ३ का हेल्थ पोष्ट, सामुदायिक स्वास्थ्य इकाई र गाउँघर क्लिनिक तथा खोप क्लिनिकका लागि रु. ८४ हजार ६९ मूल्य बराबरको पिपिइ सेट, मास्क, पञ्जा, सेनिटाइजर सहयोग गरिएको हो ।
त्यस्तै सायल गाउँपालिकाको वडा नं. २, ३, ४, ५ र ६, दिपायल सिलगढी नगरपालिकाको वडा नं. २ र ९ तथा पुर्विचौकी गाउँपालिकाको वडा नं. १, २ र ३ का जम्मा २ हजार ३ सय २ जना सुनौला हजार दिनका आमाहरुलाई कोभिड–१९ बाट सुरक्षित रहन रु. ३ लाख १० हजार ५ सय ८० बराबरको स्वास्थ्य सामाग्री प्रत्येक आमालाई माक्स २ वटा, साबुन २ वटा र पियूष १ वटा वितरण गरिएको मिल अफिसर जोशीले जानकारी दिए ।


यसैगरी सायल गाउँपालिका वडा नं. ४, ५ र ६, दिपायल सिलगढी नगरपालिकाको वडन नं. २ र ९ तथा पुर्विचौकी गाउँपालिकाको वडा नं. १, २ र ३ मै वल्र्ड भिजनल छनौट गरेका २ हजार ४ सय ८७ रजिस्टर्ड बालबालिकालाई प्रति व्यक्ति माक्स २ वटा र साबुन ३ वटा गरी रु. ३ लाख ५४ हजार १ सय मुल्य बराबरको सामाग्री वितरण गरिएको जनाईएको छ । वल्र्ड भिजनले काम गर्ने क्षेत्रका छनौट गरेर राखेका आर्थिक अवस्था कमजोर भएका विपन्न अवस्थाका बालबालिकालाई रजिष्टर्ड बालबालिका भन्ने गरिन्छ ।


स्वास्थ्यलाई नै सँस्थाको आधार क्षेत्र बनाएर काम गर्दै आएको सिड नेपालले कोरोना महामारीको समयमा यस पूर्व पनि विभिन्न स्थानीय तहमा र जिल्ला विपद व्यवस्थापन समितिलाई लाखौंका स्वास्थ्य सामाग्री, खाद्यान्न राहत तथा पोषणयुक्त खानेकुराहरु, क्वारेन्टिन व्यवस्थापन सामाग्रीहरु सहयोग वितरण गरेको थियो ।

1 Comment
  1. Dammar singh kudmal says

    Many many thanks Jhalak sir

Leave A Reply

Your email address will not be published.