बामदेव गौतमलाई कुनै पनि संवैधानिक जिम्मेवारी नदिन सर्वोच्चको अन्तरिम आदेश
असोज ७, काठमाण्डौ ।
सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई कुनै पनि संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश दिएको छ ।
अधिवक्ता दिनेश त्रिपाठी लगायतले दिएको रिटको प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमको नियुक्तिलाई यथास्थितिमा राख्दै थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।
सर्वोच्चले यही असोज १४ गते दुवै पक्षलाई छलफलको लागि समेत बोलाएको छ । – उज्यालो अनलाईनबाट