डोटीको सायलमा करार कर्मचारी हकहित समिती गठन, अध्यक्षमा साउँद

732

प्रेम नेपाली,
असोज ८, डोटी ।

डोटीको सायल गाउँपालिकामा विहीबार करार कर्मचारी हकहित समिति गठन भएको छ।
जङ्ग साउँदको अध्यक्षतामा १५ सदस्यीय समिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा भक्त बहादुर सिंह र हिरा भाट, सचिवमा योगेन्द्र डुम्रेल, सह–सचिवमा सिद्धराज उपाध्याय, कोषाध्यक्ष करन देउवा रहेका छन् । बाँकी सदस्यहरु रहेको नव गठित समितिका अध्यक्ष साउँदले जानकारी दिए।
गाउँपालिकाभित्र कार्यरत करार कर्मचारीहरुको हकहित, संरक्षण र अधिकारको लागि समितिले काम गर्ने समितिका सचिव योगेन्द्र डुम्रेलले बताए ।
राज्यले करार कर्मचारीहरुलाई दोस्रो दर्जाको रुपमा लिएको, स्थायी कर्मचारी समान पारीश्रमिक नदिने गरेको तथा अन्य सेवासुविधाहरुबाट वञ्चित गरेको लगायतका समस्या देखिएकोले आगामी दिनमा यस्ता समस्याहरू दोहोरिन नदिन करार कर्मचारीहरुको हकहित, संरक्षण र अधिकारको लागि उक्त संगठित भएर काम गर्न समिति गठन गरिएको सचीव डुम्रेलले बताए ।
सायल गाउँपालिकामा विभिन्न क्षेत्रमा कार्यरत ५१ जना करार कर्मचारीहरुको उपस्थितिमा वडा नम्बर ४ का वडाअध्यक्ष टीका सिंहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमबाट समिति गठन भएको जनाईएको छ ।

1 Comment
  1. sayal deuda chhanal says

    Good news

Leave A Reply

Your email address will not be published.