जिल्ला अस्पताल डोटीमा शुक्रबार गरिएको पिसिआर परीक्षणमा डोटीका २ र अछामका २४ जना गरी थप २६ जनामा कोरोना संक्रमण पुष्टी
भागरथी मडै
असोज ९, डोटी ।
जिल्ला अस्पताल डोटीमा शुक्रबार गरिएको पिसिआर परीक्षणमा डोटीका २ र अछामका २४ जना गरी थप २६ जनामा कोरोना संक्रमण पुष्टी छ ।
अस्पतालका मोलेकुलर ल्याव इञ्चार्ज शौरभ श्रेष्ठद्वारा जारी विज्ञप्ती अनुसार शुक्रबार जम्मा १ सय ४८ नयाँ नमुना परीक्षणमध्ये २६ नमूनाको नतिजा पोजेटिभ र १ सय २२ जनाको नतिजा नेगेटीभ रहेको जनाईएको छ ।
संक्रमितहरुमा डोटीको आदर्श गाउँपालिकाका २ जना पुरुष रहेका छन् । त्यस्तै अछामको बान्निगढीका १५ पुरुष र ५ महिला तथा चौरपाटीका ३ पुरुष र १ महिला रहेको विज्ञप्तीमा उल्लेख छ ।