सिड नेपाल डोटीद्वारा फेरी स्वास्थ्य सामाग्री सहयोग

834

कमल बम
असोज ९, डोटी ।

समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीले जिल्लाको बोगटान फुड्सिल गाउँपालिकामा फेरी स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
युएमएनसँगको साझेदारीमा बागटान फुड्सिल गाउँपालिकाको वडा नं. ७ चवराचौताराका एकल महिला, जेष्ठ नागरिक, अपाङ्गता भएकाहरु, गर्भवती महिला, टुहुरा बालबालिकाहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
जम्मा २५ जनालाई स्वास्थ्य सामाग्रीहरु कपडाको मास्क प्रति व्यक्ति १० वटा, ५ सय मिलिलिटरका सेनिटाइजर, ४ वटा हेन्ड वास लिक्विड वितरण गरेको गरेको सिड नेपालका परियोजना संयोजक नरेन्द्र रोकायाले जानकारी दिए ।
बोगटान फुड्सिल गाउपालिका अध्यक्ष कमल गड्सिला, उपाध्यक्ष भगवती देवी बम, वडा नं. ७ का वडा अध्यक्ष देव बहादुर बम लगाएतको रोहवरमा स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
गाउँगाउँमा स्वास्थ्य सामाग्री प्रयोगबारे प्रचारप्रसार तथा कोरोना भाइरस बाट बच्न हात धुने र सरसफाइ गर्ने बानीको विकास होस् भन्ने उद्धेश्यले सामाग्री वितरण गरेको परियोजना संयोजक रोकायाले बताए ।
कोरोना महामारीको समयमा यस पूर्व पनि सिड नेपालले विभिन्न परियोजना अन्तरगत जिल्लाका विभिन्न स्थानीय तहहरुमा स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.