डोटीको शिखरमा अवैध सल्लाको काठ बरामद
असोज १३, डोटी । डोटीको शिखर नगरपालिका वडा न. ७ मा रहेको भैरव सामुदायिक वन उपभोक्ता समितिभित्र अवैध कटानी गरिएको एवं बेवारिसे अवस्थामा सल्लाको काठ बरामद भएको छ ।
स्थानीय उपभोक्ताहरुको सक्रियतामा उक्त काठ सोमबार नियन्त्रणमा लिइएको सव डिभिजन वन कार्यालय गोवघाट डोटीका सहायक वन अधिकृत भोजराज शर्माले जानकारी दिए । के कति मात्रामा काठ छ भन्ने विषयमा सव डिभिजन वन गोवघाटका फरेस्टर गङ्गाराम फुलारालाई भर्खरै सो क्षेत्रमा खटाइएको जनाइएको छ ।