इडिसीद्वारा स्वास्थ्य कार्यालय डोटीलाई ५ सय ४३ सेट पिपिई सहयोग

285

असोज १६, डोटी ।
सम विकास केन्द्र (ईडिसी) डोटीले विश्वभर फैलिएको कोरोना संक्रमण रोकथामका लागी स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरेको छ ।
शुक्रबार जिल्ला समन्वय समिति डोटीको सभाहलमा आयोजित कार्यक्रममा स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीलाई सामाग्री वितरण गरेको हो ।
जिल्लाका ९ ओटै स्थानिय तहका स्वास्थ्य एकाइ प्रमुख तथा स्वास्थ्यकर्मीलाई राहत होस भन्ने हेतुले र अग्रपंक्तिमा खटिरहने व्यक्तिलाई सहज होस भनेर सामाग्री वितरण गरेको इडिसिका अध्यक्ष अधिराज बिसिले बताए ।
जम्मा ५ सय ४३ वटा पिपिई सेट उपलब्ध भएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए । सेटमा क्याप, गमबुट, चस्मा, मास्क, ग्लोब्स लगाएतका समाग्री हुने संस्थाले जानकारी दिएको छ ।
कोरोना महामारीको समयमा यो भन्दा अगाडी पनि सम विकास केन्द्र नेपालले विभिन्न परियोजना अन्तरगत जिल्लाका विभिन्न स्थानीय तहहरुमा स्वास्थ्य सामाग्री सहयोग गरिसकेको छ । – मुलूक न्यूजबाट

Leave A Reply

Your email address will not be published.