‘रारा भ्रमण’ जिल्ला समन्वय समिति डोटीको प्रमुख उपलब्धी
असोज १६, डोटी ।
जिल्ला समन्वय समिति डोटीले रारा भ्रमणलाई प्रमुख उपलब्धी बनाएको छ ।
वार्षिक समिक्षा तथा चौथो जिल्ला सभामा समन्वय समिति डोटीका तर्फबाट प्रस्तुत प्रतिवेदनमा ‘रारा भ्रमण’ मूख्य उपलब्धीको एक नम्बरमा राखिएको छ ।
प्रस्तुत प्रतिवेदनमा लेखिएको छ ‘खप्तड पर्यटन प्रर्बद्धन विकासका लागी अनुभव आदान प्रदान गर्ने उदेश्य अनुरुप, समन्वय समिति, स्थानीय तह, जिल्लाका राजनैतिक दल पत्रकार एवं सरोकारवाला संघसंस्थाका प्रतिनिधीहरुको पर्यटकिय स्थल राराको अवलोकन भ्रमण गरी प्रतिवेदन सम्बन्धीत निकायमा पेश गरिएका ।’

प्रस्तुत प्रतिवेदनको फोटो
प्रतिवेदनमा सम्बन्धीत निकायलाई पेश गरिएको भए पनी खप्तड क्षेत्रको विकास गर्ने खप्तड क्षेत्र विकास समिति विगत ३ वर्षदेखी निष्क्रिय छ । विकास समिति खारेज हुँदा दुई वर्षदेखी कर्मचारीले तलब समेत खान सकेका छैनन् ।
खप्तड क्षेत्रको विकास गर्ने तथा समिति गठनको जिम्मा संबिधानतः सुदूरपश्चिम प्रदेश सरकारलाई रहेको छ ।
प्रतिवेदनमा अनुगमनको मूख्य जिम्मेवारी रहेको कार्यालयले ‘अनुगमनवाफतको खर्च अपुग हुनु’ चुनौतीको रुपमा राखेको भएनी रारा भ्रमणका लागी भने खासै चुनौती रहेन । – मुलूक न्यूजबाट