डोटीको बडीकेदार गाउँपालिका एक साताका लागि बन्द
गणेश मौनी,
असोज १६, डोटी ।
डोटीको बडीकेदार गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाईरसको संक्रमण पुष्टी भएसंगै कार्यालको सम्पूर्ण कामकाज एक साताका लागि बन्द गरिएको छ ।
गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना भाईरसको संक्रमण पुष्टी भएसंगै उच्च सर्तकता अपनाउदै एक साताका लागि बन्द गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खडक बहादुर धामीले बताए ।
असोज ११ र १२ गते संकास्पद ४० जनाको पिसीआर परिक्षणको लागि थ्रोट श्वाव संकलन गरि सेति प्रादेशिक ल्यावमा पठाएकोमा विहीबार प्राप्त नतिजा अनुसार गाउँपालिकामा कार्यरत कर्मचारी सहित ३ जना र एक जना बोगटान फुडसिल गाउँपालिकाका स्थानीय बासिन्दा सहित चार जनामा कोरोना संक्रमण पुष्टी भएको निमित्त प्रशासकीय अधिकृत धामीले बताए ।
गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै गाउँपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवा तथा कार्यक्रमहरु अर्को सूचना जारी नहुदासम्म ७ दिनका लागि बन्द गरिएको जानकारी दिएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीमा नै कोरोना भाईरस संक्रमणको देखिएपछी बाकी सबै कर्मचारीहरुको पीसीआर परिक्षण गरिने समेत धामीले बताए ।
बिहीबार संक्रमण देखिएका तिन जनासंगै गाउँपालिमा हालसम्म संक्रमितको संख्या १६ जना रहेको छ । १३ जना उपचार पश्चात घर फर्किसकेका छन भने ३ जनालाई आईसोलेशनमा राखीएको छ ।