दलित समुदायको बस्ती जोरायलको पनालीगैरामा खानेपानी

593

असोज २६, डोटी ।

दलित समुदाय मात्रै रहेको बस्ती डोटीको जोरायल गाउँपालिका वडा नं. २ को पनालीगैरामा खानेपानी पहुँच पुगेको छ ।
जोरायल गाउँपालिकाको ३५ प्रतिशत, ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको ३९ प्रतिशत र उपभोक्ताको २६ प्रतिशत श्रमदान गरी कूल २९ लाख ९१ हजार ६ सय २२ रुपैंयाको लागतमा पनालीगैरा खानेपानी तथा सरसफाइ योजना निर्माण कार्य गरिएको हो ।
वि.सं.२०७६ पुष २९ गतेबाट निर्माण कार्य शुरु गरिएको उक्त योजनाको काम सम्पन्न भई सोमबार उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको सहजिकरण गर्ने सँस्था केदार ग्रामीण विकास समाज नेपाल डोटीका फिल्ड संयोजक राम दाहालले जानकारी दिए ।

Image may contain: 1 person, sitting and outdoor
जोरायल गाउँपालिका उपाध्यक्ष एवं अनुगमन समिति संयोजक जमुना बोहराको प्रमूख आतिथ्यतामा योजना उपभोक्ताहरुलाई हस्तान्तरण गरिएको उनले बताए ।
उक्त योजनाबाट पनालीगैरा गाउँका २० घरधुरीका १ सय ३५ जना मानिसहरु प्रत्यक्ष लाभान्वित भएको जोरायल गाउँपालिका उपाध्यक्ष बोहराले जानकारी दिइन् ।

Image may contain: one or more people, people standing, tree, outdoor and nature

मुहानदेखि गाउँसम्मको ४ हजार १ सय ३० मिटर लम्बाई रहेको मेन लाइन र १ हजार ५ सय ६० मिटर लम्बाईको शाखा लाइन निर्माण, ट्यांकी निर्माण, १८ वटा खानेपानीका धारा निर्माण र प्रत्येक २० घरधुरीमा भाँडा राख्ने चाङ् निर्माण गरिएको छ । यद्यपी ३ वटा चाङ् निर्माणको काम अँझै बाँकी रहेको र केहि दिनमै पूरा हुने जनाईएको छ ।
गाउँमा खानेपानी पुगेपछि स्थानीयबासिन्दा हर्षित भएका छन् ।

Image may contain: 1 person, standing and outdoor

 

Leave A Reply

Your email address will not be published.