डोटीमा थप २६ जनामा कोरोना, सिलगढीका मात्रै १२ जना संक्रमित
असोज २९, डोटी ।
डोटीमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण देखा परेको छ । जसमध्ये १२ जना सिलगढीका मात्रै छन् । केहि दिन यता सिलगढीमा कोरोना संक्रमण बढ्दै गएको छ ।
स्वास्थ्य कार्यालय डोटीले जारी गरेको प्रेस विज्ञप्ती अनुसार दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का ११ जना र वडा नं. ५ का १ गरी सिलगढीकै मात्र १२ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै जोरायल गाउँपालिकाका वडा नं. ५ का ५ जना र वडा नं. १ का ४ जना गरी ९ जना तथा बोगटान फुड्सिल गाउँपालिका वडा नं. ५ का ५ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै डोटीमा कूल संक्रमितको संख्या १ हजार १ सय बहत्तर जना पुगेको छ । जसमध्ये १ हजार ९१ जनाले कोरोनालाई जितेका छन् भने ८१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमूख दिपेन्द्रराज मिश्रले जानकारी दिए ।
विज्ञप्तीमा पनि हेर्नुहोस –
