गजल
– मनमोहन ठकुल्ला
उसको नियति खराब थियो की मेरो नियति खराब रहेछ ।
मेरो त मन फेरिएको थिएन, तर उसको मति खराब रहेछ।।
सुकेको दाउरासँग थोरै आलो दाउरा मिसाएर आगो बाल्दा,
चुलोमा त पानी थपियो, आलो दाउरा जति खराब रहेछ ।।
मैले मायाको बजारमा फूल रोपे, तिमीले छुरा रोपेर छोड्यौ ।
तिम्रो लागि मेरो हृदयदेखिको पनि एक रति खराब रहेछ।।
मुखमा राम राम गरेर बगलीमा छुरा प्रहार गर्ने, तिमी बैगुनी
अरे यार साथि हेर तिम्रो व्यवहार पनि कति खराव रहेछ।।
डाक्टरले स्ट्रेन्जरको कुरा गर्दा, बिरामी अस्पतालमा नरहने भयो
अस्पतालको बेडमा बिरामीको काल गति खराब रहेछ ।।