सांसद आलेमगरको पहलमा डोटीमा शुक्रबारबाट विमान चल्न शुरु

586

रोजेन्द्र जोशी

असोज ३०, डोटी ।

लामो समय देखी बन्द रहेको डोटीको दिपालय विमानस्थलबाट आज शुक्रबारदेखि नियमित उडान शुरु भएको छ ।

सुदुरपश्चिमको प्रदेश राजधानी धनगढीलाई मुख्यप्वाईन्ट बनाई समिट एयरलाइन्सले आजदेखि नियमित उडान भर्न शुरु गरेको हो ।

समिट एयरको विमानले अबदेखि धनगढीबाट विहान १०ः३० मा उडान भर्ने र डोटीबाट ११ः३० मा उडान भर्ने छ । शुक्रबारदेखि नियमित हवाई उडान हुने भएपछि डोटेली बासिन्दाहरुले खुशी व्यक्त गरेका छन् ।

धनगढीबाट १६ जना यात्रु लिएर आएको उक्त विमानले डोटीबाट १३ जना लिएर गएको छ । डोटीका लागी उक्त एयरलाईन्सको टिकट बुकिङ्गको जिम्मा पाएका होटल रिभर साइडका सञ्चालक समेत रहेका नन्दन सिं कार्कीका अनुसार शुक्रबारका लागी १६ जनाले टिकट लिएकोमा ३ जना ढिला गरि एरर्पोट पुगेका कारण छुटेका हुन् ।

हाललाई उक्त एयरलाईन्सले धनगढी डोटी यात्राका लागी ३ हजार २ सय रुपैयाँ भाडादर तोकेको छ । विमानमार्फत डोटीदेखि धनगढी जान चाहाने व्यक्तिहरुले दिपालयमा रहेको होटेल रिभरसाईडमा टिकटका लागी सम्पर्क गर्न सकिने उक्त एयरलाईन्सले जनाएको छ ।  डोटीका लागी नन्दन सिं कार्कीलाई काउन्टरको जिम्मा दिईएको छ । टिकटका लागी जुनसुकै समयमा पनि आफुलाई आफ्नो मोवाईल नम्वर ९८५८४२२४२८ मा सम्पर्क गर्न सक्ने कार्कीले बताएका छन् ।

मन्त्रीभन्दा कम छैनन् सांसद आले

लामो समयदेखि बन्द रहेको डोटी विमानस्थल स्थलमा आज शुक्रबारदेखि नियमित उडान भएको छ । गौचरणको रुपमा परिणत भई सकेको विमानस्थलको स्तर उन्नती गर्दै नियमित उडान संचालनमा डोटीबाट प्रतिनिधि सभामा सदस्य प्रेम आलेमगरले खेलेको भूमिका मन्त्रीको भन्दा कम नभएको डोटेलीहरुले बताउन थालेका छन् ।

पहिलो पटक २०७० सालमा संविधान सभा सदस्य बनेका आलेमगर, संघियता संगै २०७४ सालमा सम्पन्न निर्वाचनमा बहालवाला भौतिक पुर्वाधार विकास मन्त्री बिरबहादुर बलायरलाई निर्वाचनमा पराजित गर्दै प्रतिनिधि सभामा डोटीबाट निर्वाचित भएका थिए । संविधान सभा सदस्य हुँदा समेत उनले डोटीको विकास निर्माणका लागी ठुलो भुमिका निर्वाह गरेको स्थानियहरु बताउँछन् ।

यसभन्दा पहिले पनि डोटी जिल्लाबाट ४ जना मन्त्रीहरु भई सकेका छन् । चार चार जना मन्त्री दिएको डोटीलेआँखिर के पायो भन्ने चर्चा पनि बेला बखत हुने गरेको छ । आले दुई पटक निर्वाचित भए । दुवै पटक संविधान सभा र प्रतिनिधि सभा सदस्यको जिम्मेवारीमा रहिरहँदा बेला बखत उनी मन्त्री बन्ने चर्चा समेत चलेको थियो । यद्यपी उनले मन्त्रीको जिम्मेवारी समाल्ने अवसर पाएका छैनन् । तर पनि डोटीको विकास क्षेत्रको कुरा गर्ने हो भने यस भन्दाका पहिले भएका डोटीका मन्त्रीहरुको भन्दा बढी काम उनले गरेको देखिने स्थानियहरुको भनाई छ ।

डोटी विमानस्थलको स्तरोन्नती देखि खुटीया दिपालय फाष्टट्राकको काममा उनले आफ्नो पुरै शक्ति खर्च गरेर लागेको डोटी नेकपाको बुझाई रहेको छ । यसभन्दा पहिले डोटी पुगेका पर्यटन मन्त्री, उद्योगमन्त्रीले नियमित उडान हुने बताएको भए पनि एक साता पहिले मात्र डोटी पुगेका बहालवाला मन्त्री योगेश भट्टराईले नियमित उडान हुन्छ भन्दा डोटेलीहरुमा आशंका देखिएको थियो । तर शुक्रबार यात्रु सहितको जहाज पुग्दा नियमित उडान माथीको शंका हटेको छ ।

जिल्लाबाट निर्वाचित जनप्रतिनिधि मन्त्री हुदा समेत गर्न नसकेको काम आलेले मन्त्री नहुदा समेत गरि देखाएको भए पनि यात्रुका कारण नियमित उडान सम्भव होला त भन्ने प्रश्न पनि खडा भएको छ ।

अब डोटीको विमानस्थललाई नियमित संचालन गर्नका लागी डोटीका स्थानिय तह, उद्योगी, व्यापार–व्यवसायी, कर्मचारीले समेत ध्यान दिनुपर्ने देखिन्छ ।

Leave A Reply

Your email address will not be published.