तरुण दल जोरायलको अध्यक्षमा मल्ल

993

कार्तिक २, डोटी ।
नेपाली काँग्रेस निकट युवाहरुको संगठन नेपाल तरुण दलको जोरायल गाउँपालिका स्तरीय समिति गठन भएको छ । अध्यक्षमा किरण मल्ल सहित ३२ सदस्यिय कार्यसमिति रहने गरी समिति गठन गरिएको नव गठित समितिका अध्यक्ष मल्लले जानकारी दिए । शनिबार गठित जोरायल गाउँपालिकास्तरीय समितिको उपाधयक्षमा चेतराज भट्ट, कर्ण बहादुर देउवा र नरेश साउँद चयन भएका छन् । त्यस्तै सचिवमा प्रेम बहादुर साउँद, सह–सचिवमा योगेन्द्र मल्ल र कोषाध्यक्षमा दिनेश ओझा चयन भएका छन् ।
त्यस्तै समितिको सदस्यमा अमर मगर, मोहन मल्ल, शंकर बहादुर मल्ल, प्रकाश भण्डारी, दिनेश साउँद, योगेन्द्र मल्ल, लाल बहादुर पार्की, हर्क मल्ल, हेम मल्ल, गणेश बोहरा, सन्तोष ओली, शरद जोशी, कमलराज भट्ट, बम बहादुर चोखाल, पुष्पराज पन्त, हिम्मत, अमर साउँद, राम बहादुर बिक, पदम प्रकाश मडै, डबल बोहरा, तीर्थ साउँद, पुष्कर बहादुर साउँद, महेश खत्री र चेत बोहरा चयन भएका छन् ।
नेपाली कांग्रेसका नेता तथा जोरायल गाउँपालिका अध्यक्षका पूर्व उम्मेदवार समेत रहेका दिपक बिष्टको प्रमूख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई संवोधन गर्दै नेता बष्टिले गाउँपालिकामा युवाहरुलाई जागरुक बनाउन तरुण दलको महत्वपुर्ण भुमीका रहेको बताए । युवाहरुले सक्रिय हुनुपर्ने र स्थानिय तहमा भएका अनियमितता भष्ट्राचारहरु विरुद्ध खबरदारी गर्नुपर्ने काँग्रेस नेता विष्टले जोड दिए।
आफुलाई तरुण दलको गाउँपालिका स्तरको कमिटिमा सर्वसम्मत नेतृत्व गर्ने मौका दिएकोमा सबैलाई धन्यवाद दिंदै तरुण दलका नव अध्यक्ष मल्लले दरुण दललाई थप मजबुद बनाउँदै लैजाने प्रतिबद्धता जनाए ।
कार्यक्रममा जोरायल गाउँपालिकाका नेपाली काँग्रेस नेता, काँग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु र युवाहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.