जिसस डोटी प्रमूख ऐर र निजकी धर्मपत्नी पूर्व सभासद ओलीलाई कोराना संक्रमण

716

कार्तिक २, डोटी ।
जिल्ला समन्वय समिति डोटीका प्रमूख राम बहादुर ऐर र निजकी धर्मपत्नी एवं पूर्व संविधान सभा सभासद गौरी ओलीलाई कोरोना संक्रमण देखिएको छ ।
आफु र श्रीमती दुवैलाई कोरोना संक्रमण भएको जिल्ला अस्पताल डोटी श्रोतले जानकारी दिएको जिसस प्रमूख ऐरले जानकारी दिए ।
एक शिक्षकमा कोरोना पुष्टी भएपछि कन्ट्याक्ट ट्रेसिङ्मा परेर तीन दिन अगाडी पिसिआर जाँच गराएका उनिहरुमा कोरोना संक्रमण देखा परेको हो ।
यद्यपी उक्त नतिजा अस्पतालले औपचारिक रुपमा सार्वजनिक गर्न भने बाँकी रहेको उनले बताए ।
आफुलाई र आफ्नो १९ वर्षीया कान्छो छोरालाई पनि अहिले सामान्य रुघा लागेको नेकपा केन्द्रिय सदस्य समेत रहेकी पूर्व सभासद ओलीले जानकारी दिइन् । यद्यपी उनको कान्छो छोराको पिसिआरका लागि स्वाब परीक्षण गरिएको छैन ।
जेठो छोरालाई लक्षण नदेखिएको र अलग्गै बसेको तर संक्रमण देखिने सम्भावना प्रबल रहेको उनले बताईन् ।
संक्रमण देखा परेका दुवै जना अहिले जिल्ला समन्वय समिति डोटीको समन्वय प्रमूखको निबासमै आइसुलेट रहेको जनाईएको छ ।

केहि दिन आफुलाई रुघा लागे पनि अहिले अवस्था सामान्य रहेको र आफुलाई संक्रमण देखिएकाले आफ्नो सम्पर्कमा रहेका मानिसहरुलाई उच्च सावधानी अपनाउन जिसस प्रमूख ऐरले सबैलाई फेसबुकमार्फत अनुरोध पनि गरेका छन् ।
पछिल्लो केहि दिन यता डोटीको सिलगढीमा कोरोना संक्रमण बढ्दै गएको छ । तर आम मानिसहरुले सावधानी अपनाउन भने लापरवाही गरेका छन् ।

Leave A Reply

Your email address will not be published.