नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार नाघ्यो

260

कार्तिक ३, काठमाण्डौ ।
नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या १ लाख ३६ हजार ३६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार ३ हजार ७ सय ९० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १५ हजार ७ सय १४ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा २ हजार ३ सय ३५ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ९४ हजार ५ सय १ पुगेको छ ।
अब नेपालमा ४० हजार ७ सय ७८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ४ हजार ४ सय ७० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा १८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७ सय ५७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । -उज्यालो अनलाइनबाट

Leave A Reply

Your email address will not be published.