सोमबार डोटी, अछाम, डडेल्धुरा, बैतडी र बझाङमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म विधुत लाइन काटिने
कार्तिक २४, डोटी ।
डोटीसङ्गै अछाम, डडेल्धुरा, बैतडी र बझाङमा सोमबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म विधुत लाइन काटिने भएको छ ।
नेपाल विधुत प्राधिकरण अत्तरीया ग्रीडको स्याउले सब स्टेशनबाट डडेल्धुरा वितरण केन्द्र अन्तरगत पर्ने बगरकोट ३३ के.भि. प्रसारण लाइन जडान र मर्मतका लागि सटडाउन गरिन लागेको हो ।
जसका कारण दिपायल/अछाम ३३ के.भि. प्रसारण लाइन र डडेल्धुरा, बैतडी, बझाङ ३३ के.भि. प्रसारण लाइन सटडाउन गरिने नेपाल विधुत वितरण केन्द्र डडेल्धुराले सार्वजनिक सूचनामार्फत जानकारी दिएको छ ।
लाइन कटौतीबाट ग्राहक वर्गमा पर्ने असुविधाप्रती क्षमा माग्दै उक्त विधुत जडान तथा मर्मत कार्य निर्धारित समय अगावै सम्पन्न भएमा विधुत पनि छिटै संचालन हुने प्राधिकरणले जनाएको छ ।