महिला पुरुष सम विकास सम्बन्धि ३ दिने तालिम शुरु

823

कार्तिक २२, डोटी ।
महिला पुरुष सम विकास सम्बन्धि ३ दिने तालिम डोटीको सिलगढीमा शुरु भएको छ ।
द मक्कोन्नेल फाउन्डेसनको सहयोगमा महिला शक्ति विकास केन्द्र नेपालले तालिम आयोजना गरेको हो ।
तालिममा दिपायल सिलगढी नगरपालिका वडा नं. ७ का ८ वटा समुहका ३० जना महिला सहभागी रहेको आयोजक संस्थाले जनाएको छ ।
तालीममा पितृसत्ता र मातृसत्ताको परिचय र फरक, लैङ्गिक भुमिका, लिङ्ग र लैङ्गिकताको परिभाषा, भिन्नता र सामाजिकीकरण, महिला पुरुषको अवस्था र स्तर विश्लेषण, समता र समानता, लिङ्गका आधारमा हुने हिंसा, श्रोत र साधनमा पहुँच र नियन्त्रण, शशक्तिकरणको लागि समुदायको भुमिका लगाएत विषयमा प्रशिक्षण दिइने छ ।
उक्त तालिममा महिला शक्ति विकास केन्द्र नेपालका कोर लिडर कलापती बोहरा र डम्मरी धामीले सहजीकरण गर्ने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.