डोटीमा २७ वर्षिय शिक्षक मृत फेला

888

फाल्गुन २०, डोटी ।
डोटीमा एक २७ वर्षिय शिक्षक मृत फेला परेका छन् । जोरायल गाउँपालिका वडा न १ बस्यानी निवासी डम्बरदत्त भट्टराई विहीबार बिहान घर नजिकै मृत भेटिएका हुन् ।
स्थानीय भुमिराज केदार आधारभूत विद्यालयमा निजि श्रोतमा कार्यरत शिक्षक भट्टराई हिजो बुधबार विद्यालयबाट फर्कने बेलादेखि वेपत्ता थिए । हिजो घरपरिवारले खोजी गरे पनि भेटाउन नसकेको र विहिबार बिहान दुध बेच्न जान लागेका बालबालिकाले मृत अवस्थामा भेटाएको जनाइएको छ ।
बुडर प्रहरी चौकी इन्चार्ज नरेन्द्र टमाटा नेतृत्वको टोली बिहानैदेखि घटनास्थलमा रहेको छ ।
घटनाको विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोटीका इन्स्पेक्टर कान्तिराज जोशी नेतृत्वको टोली खटाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दान बहादुर मल्लले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.