डोटीको शिखरमा ‘गाउँघरमा चिकित्सक’ कार्यक्रममा पहिलो दिन २१६ जनाले सेवा पाए

595

फाल्गुन २०, डोटी ।
डोटीको शिखर नगरपालिकामा आयोजित दुइ दिने ‘गाउँघरमा चिकित्सक’ कार्यक्रममा पहिलो दिन विहिबार २ सय १६ जना मानिसले सेवा पाएका छन् ।
शिखर नगरपालिकाको वडा नं ४ मा रहेको मुडभरा स्वास्थ्यचौकीमा सञ्चालन भएको कार्यक्रममा ४४ जना पुरुष र १ सय ७२ जना महिला गरी २ सय १६ जनाले स्वास्थ्य सेवा पाएका हुन् । त्यसमध्ये ५५ जनाले युएसजि सेवा लिएको जिल्ला अस्पताल डोटीका ना.सु. लोकेन्द्र बिष्टले जानकारी दिएका छन् ।
उक्त कार्यक्रममा भिडियो एक्सरे, ईसिजी, एक्सरे, प्रयोगशाला सेवा र निशुल्क औषधि सेवा उपलब्ध गराईएको जिल्ला अस्पताल श्रोतले जनाएको छ ।
कार्यक्रममा जिल्ला अस्पताल डोटीका चिकित्सकहरु डा. प्रमोद भट्ट र डा.सोहन कुमार साहले चिकित्सकीय सेवा दिईरहेका छन् ।No description available.

Leave A Reply

Your email address will not be published.