डोटीमा भूमि आयोगद्वारा जिल्ला स्तरीय अभिमूखिकरण सम्पन्न
चैत्र ६, डोटी ।
डोटीमा भूमि सम्बन्धि समस्या समाधान आयोग जिल्ला समितिले जिल्ला स्तरीय अभिमूखिकरण शुक्रबार सम्पन्न गरेको छ ।
जिल्लाका ९ वटै स्थानीय तहका प्रमूख/उपप्रमूख, अध्यक्ष/उपाध्यक्ष, प्रमूख प्रशासकीय अधिकृत र स्थानीय तहमा आयोगको इकाइ हेर्ने कर्मचारीहरुका लागि अभिमूखिकरण आयोजना गरिएको हो ।
कार्यक्रममा आयोगका केन्द्रिय सदस्य एवं प्रमूख अतिथि अगस्तराज अधिकारी र डोटी जिल्ला विज्ञ सदस्य झलक पालीले आयोगको उद्धेश्य, भूमिका, काम कर्तव्यहरु, रणनिती लगाएत भूमिहिन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन प्रक्रियाबारे सहजीकरण गरेका थिए ।
आयोगका डोटी जिल्ला अध्यक्ष गणेश बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डोटीका ९ वटै स्थानीय तहको प्रतिनिधित्व रहेको थियो ।
संविधानको मर्म अनुसार गठन भएको आयोगको काममा सबै सरोकारवालाहरुले आ–आफ्नो ठाउँबाट सघाउनुपर्ने डोटीका प्रमूख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए ।
भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति डोटीले यस लगत्तै सबै स्थानीय तहहरुमै गएर पालिका स्तरीय अभिमूखिकरण पनि सञ्चालन गर्ने जनाएको छ ।
