जिप्रका डोटीद्वारा ‘सवारी दुर्घटना न्यूनिकरण तथा बजार व्यवस्थापन सम्बन्धी अन्तरक्रिया’

672

चैत्र १७, डोटी ।

जिल्ला प्रहरी कार्यालय डोटीले ‘सवारी दुर्घटना न्यूनिकरण तथा बजार व्यवस्थापन सम्बन्धी अन्तरक्रिया’ कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।
जिल्लाको प्रमूख व्यापारिक केन्द्र दिपायलका व्यापार व्यवसायी तथा यातायात व्यवसायीबिच आयोजित कार्यक्रमका सहभागिहरुले सवारी दुर्घटना न्यूनिकरण तथा बजार व्यवस्थापनका लागि दर्जनौं समस्या दर्शाउँदै सुझावहरु पनि औंल्याएका छन् ।
सहभागिहरुले पिपल्ला क्षेत्रमा सार्वजनिक बसपार्क नहुनु सबैभन्दा पहिलो समस्या भएको बताएका छन् । यससँगै निजि जमिनमा भाडामा रहेको बसपार्क निकै सानो र अव्यवस्थित रहेको, बजार क्षेत्रमा सार्वजनिक शौचालय नभएको, पानीको अभाव रहेको, बिजुलीको समस्या रहेको, फोहोर फाल्ने डस्टविन नभएको, फोहोर फाल्ने व्यक्तिहरुले जथाभावी फाल्ने गरेको, मूख्य सडकबाट १५ मिटर दुरीमा पसल तथा होटल सञ्चालन गरिनुपर्नेमा त्यसभन्दा कमदुरीमा सडकमै सामान राख्ने गरेको, फुटपाथमै व्यापार व्यवसायीले सामान राख्ने गरेको, यातायातका साधन जहाँतहिं रोक्ने, असिमित गतिमा चलाउने, हर्नको प्रयोग जथाभावि गर्ने, सडकमा ट्राफिक साइनको प्रयोगको कमि, ट्राफिक प्रहरी जनशक्तिको कमी, सडकमा पशुचौपाया छोड्ने, सडकमै निर्माण सामाग्री राख्ने, सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारी चालक इजाजत पत्र बिना सवारी चलाउने, रुट परमिट बिना र समय तालिका बिना सवारी साधन चलाउने लगाएतका समस्या दर्शाएका छन् ।
यि समस्याहरुको समाधान गर्नका लागि आम सरोकारवालाहरुले ध्यान दिनुपर्ने र वर्तमान अवस्थामा सुधार ल्याउनुपर्नेमा सहभागिहरुले सुझाव औंल्याएका थिए ।

May be an image of one or more people and people standing
कार्यक्रममा बोल्दै डोटी उद्योग वायिाज्य संघका उपाध्यक्ष खेमराज भण्डारीले स्थानीय सरकारले कार्यकर्तामूखि बजेट जति पनि विनियोजन गर्ने तर यावत समस्याको दीगो व्यवस्थापनमा लगानी नगर्ने गरेकाले समस्या रहेको बताए ।
गाउँठाउँका हरेक समस्या समाधान गर्ने नैतिक रुपमा जिम्मेवारी सम्पूर्ण राजनीतिक दलहरुले लिनुपर्ने नेपाली काँग्रेसका नेता जीत बहादुर खड्काले बताए । यसका साथै वर्तमान स्थानीय सरकार दिपायल सिलगढी नगरपालिकाको कार्यपालीका टिम थप जिम्मेवार बन्नुपर्ने र स्थानीय आम सरोकारवालाले यसमा सहयोग गर्नुपर्ने खड्काले जोड दिए । आम सरोकारवालाले आफ्ना हक अधिकारको लागि मात्रै लाग्ने नभएर जिम्मेवारी निर्वाह गर्नुपर्ने पनि उनले बताए ।

No description available.
कार्यक्रममा सहभागिहरुका जिज्ञासा तथा सुझावहरुपश्चात बोल्दै जिल्ला प्रहरी कार्यालय डोटीका प्रमूख प्रहरी उपरिक्षक दान बहादुर मल्लले कार्यक्रममा स्वभाविक सवालहरु उठेको र यस विषयमा डोटीका प्रमूख जिल्ला अधिकारी तथा सम्बन्धित सरोकारवालासँग छलफल गरी समस्या समाधानतर्फ लाग्ने प्रतिबद्धता जनाए ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आयोजित अन्तरक्रियामा यातायात व्यवसायी, व्यापार व्यवसायी, पत्रकार, नेपाल प्रहरी, ट्राफिक प्रहरी, दिपायल सिलगढी नगरपालिकाको नगर प्रहरी लगाएतको सहभागिता रहेको थियो ।
जिल्ला प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्लाका विभिन्न स्थानीय तहहरुमा विद्यालय, समुदाय र विभिन्न सरोकारवालासँग छलफल, अन्तरक्रिया, सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी सहायक निरिक्षक राम नाथले बताए । साथै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने पनि उनले बताए ।

No description available.

Leave A Reply

Your email address will not be published.