इडिसीद्वारा कोरोना भाइरस विरुद्ध सचेतना अभियान जारी
असार २, डोटी ।
सम विकास केन्द्र (इडिसी) नेपाल डोटीले जिल्लाका विभिन्न स्थानमा कोरोना भाइरस विरुद्ध सचेतना अभियान जारी राखेको छ ।
कोरोना रोकथामका लागि जिल्लामा निषेधाज्ञा लागू भएकै अवधिमा समुदायमा सचेतना फैलाउने उद्देश्यले अभियान सञ्चालन गरेको हो ।
एचबिसिसि, युनिलिभर र एक्शन एड नेपालसँगको सहकार्यमा इडिसीले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथामका लागि समुदायमा सचेतना अभियान संचालन गरिएको इडिसीका कार्यक्रम संयोजक केशव परियारले जानकारी दिए ।
युवा स्वयंसेवकहरुको अगुवाईमा १० दिनसम्म सञ्चालन हुने अभियानको बुधबार पाँचौ दिन दिपायल सिलगढी नगरपालिका हुँदै शिखर नगरपालिकाको बानेडुङ्ग्रीसैनसम्म अभियान सञ्चालन गरिएको कार्यक्रम संयोजक परियारले बताए ।
स्थानीयबासीहरुलाई कोरोना भाइरस र यसबाट जोगिने उपाय र सर्तकताबारे सचेतना प्रवाह गर्न सन्देशसहित माईकिङ मार्फत प्रचार प्रसारका साथै स्थानीय समुदायलाई कोरोना भाइरसका लक्षण, सर्ने कारण र यसबाट बच्ने उपाय सम्बन्धी जानकारी गराउने गरिएको छ ।