पूर्वीचौकी गाउँपालिकाद्वारा स्वयंसेविकालाई प्रोत्साहन स्वरुप नगद ३ हजार सहित दोसल्लाले सम्मान

1,347

असार २३, डोटी ।

डोटीको पूर्वीचौकी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई काममा प्रोत्साहित गर्न नगद ३ हजार सहित दोसल्लाले सम्मान गरेको छ ।

उपाध्यक्षसँग महिला स्वास्थ्य स्वयंसेविका प्रोत्साहन कार्यक्रम अन्तरगत बुधबार आयोजित एक समारोहकाबिच स्वयंसेविकाहरुलाई नगद तथा दोसल्ला ओढाएर सम्मान गरिएको पूर्वीचौकी गाउँपालिकाका सूचना अधिकारी हरिभक्त साउँदले जानकारी दिए ।

गाउँपालिकाभरीका ६४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको उनले बताए ।

पूर्वीचौकी गाउँपालिकाका उपाध्यक्ष निर्मला साउँदको अध्यक्षता एवं अध्यक्ष दीर्घराज बोगटीको प्रमूख आतिथ्यतामा सम्मान गरिएको जनाईएको छ ।

No description available.

No description available.

 

Leave A Reply

Your email address will not be published.