दश वर्ष अघि जङ्गली मेलमा कलमी गरी उत्पादित डोटी पूर्वीचौकीको नास्पाती धनगढी पठाईयो

1,944

श्रावण १७, डोटी ।

डोटीको तत्कालिन सानागाउँ गाउँ विकास समिति, हालको पूर्वीचौकी गाउँपालिका वडा नं. ४ मा वि.सं. २०६८ सालको चैत्रमा विभिन्न किसानका बारिमा रहेका जङ्गली मेलमा नास्पाती कलमी गरियो ।
शुरुवातमा किसान र अन्य मानिसहरुले यसलाई त्यति महत्व दिएनन् । किसानले यसको वेवास्ता गरे, पशुचौपायाले खाए । कलमी गरेको करिब २ वर्षपछि जब ति मेलमा नास्पाती फलेपछि किसानहरुलाई केहि विश्वास जाग्दै गयो ।
तत्कालिन जिल्ला कृषि विकास कार्यालय डोटीका बरिष्ठ कृषि विकास अधिकृत एवं हाल कृषि विकास निर्देशनालय, डोटीका निर्देशक यज्ञराज जोशीको अगुवाईमा जङ्गली मेलमा नासपाती कलमी गरिएको थियो ।
पहिलो चरणमा डोटीको बुडरस्थित एक सामुदायिक वनमा र दोश्रो चरणमा सानागाउँमा किसानका खेतबारीभित्र रहेका जङ्गली मेलमा उन्नत जातका नास्पाती कोसुइ, होसुइ, वार्टलेट र फर्फिङ्को टप वर्किङ् (कलमी) गरिएको कृषि विकास निर्देशनालयका निर्देशक जोशीले बताए ।

No description available.
काटेर दाउरा मात्रै बन्ने आफ्ना खेतबारीमा रहेका मेलमा कलमी गरिएका तिनै नास्पातीबाट करिब १० वर्षपछि आम्दानी हुने भएपछि स्थानीय किसानहरु हर्षित भएका छन् ।
अहिले एउटै नास्पातीको बोटबाट क्विन्टलका हिसाबले नास्पाती उत्पादन भईरहेको पूर्वीचौकी गाउँपालिका, कृषि विकास शाखा प्रमूख उदयराम साउँदले बताए ।
सानागाउँ लगाएत आसपासका अन्य क्षेत्रमा गरि करिब १ सयभन्दा बढी कलमी र झण्डै डेढ सय जति अन्य नास्पाती गरेर यस क्षेत्रमा प्रशस्त मात्रामा नास्पाती उत्पादन भइरहेको उनले बताए । नास्पातीका बोटहरुको गोडमेल र प्राविधिक काँटछाँट गर्न सकेमा थप उत्पादन बढ्ने जनाईएको छ ।

May be an image of food, tree and outdoors
अँझै सुखद विषय त के छ भने, उक्त नास्पाती आइतबार एक विशेष कार्यक्रम आयोजना गरी बजारीकरण सहयोग स्वरुप जुस उत्पादन प्रयोजनका लागि धनगढी पठाईएको छ ।
कृषि विकास निर्देशनालय दिपायल र कृषि ज्ञान केन्द्र डोटीको सहयोगमा ‘डोट्याली नास्पाती’ नाम दिई प्याकेजिङ्ग गरिएको १० क्विण्टल नास्पाती जुस बनाउने प्रयोजनका लागि धनगढी पठाईएको हो ।
किसानको बारीबाट संकलन गरिएको नास्पाती गाडीमार्फत धनगढीसम्म ढुवानी खर्च व्यहोरेर प्रति के.जी. २५ रुपैंयाका दरले एस.एम.टी. फलफुल प्रशोधन प्रा.लि.लाई विक्रि गरिएको कृषि ज्ञान केन्द्र डोटीका प्रमूख नरेन्द्र पनेरुले बताए ।
हाललाई ‘स्याम्पल’का रुपमा उक्त नास्पाती धनगढी पठाईएको उनले बताए ।

No description available.
कृषिलाई अब परम्परागत होइन, व्यवसायिक रुपले अगाडी बढाउनुपर्ने र उत्पादित वस्तुको ‘ब्राण्डेड बजारिकरण’ हुनुपर्ने मान्यताका साथ कृषि ज्ञान केन्द्रले काम गरिरहेको पनेरुले बताए ।
कुनै पनि कृषिजन्य उत्पादनको बजार सुनिश्चितताका लागि सम्बन्धीत स्थानीय तहहरुले आवश्यक योजना बनाएर भूमिका निर्वाह गर्नुपर्ने एवं कृषि विकास निर्देशनालयका तर्फबाट हुनसक्ने सहयोगका लागि आफु तयार रहेको कृषि विकास निर्देशनालय डोटीका निर्देशक जोशीले जोड दिए ।

May be an image of 4 people, including Yagyaraj Joshi, people standing, tree and outdoors
अहिलेको संरचनामा सबै जिल्लामा कृषि ज्ञान केन्द्रमार्फत काम भईरहेकाले किसानले उत्पादन गरेका चिजवस्तुहरु बजारसम्म पुर्याउन ज्ञान केन्द्रहरुको मातहत रहने गरी कम्तीमा दुइ वटा सवारी साधनको व्यवस्था मिलाउन आवश्यक रहेको सुदूरपश्चिम प्रदेश सरकारलाई आफुले सुझाव दिएको उनले बताए ।
मेलका बोटमा नास्पाती कलमी गरेर करिब १० वर्ष पहिले थालनी गरिएको प्रक्रियाले सार्थकता पाएर प्रतिफल दिन थालेकोमा पूर्वीचौकी गाउँपालिका डोटीका अध्यक्ष दीर्घराज बोगटीले खुशी व्यक्त गरे ।

No description available.
हरेक प्रयासहरुलाई सकारात्मक रुपमा र दीर्घकालिन रुपमा अगाडी बढाउनुपर्ने उनले बताए ।
आइतबार सानागाउँमा आयोजित नास्पातीको बजारीकरण सहयोग कार्यक्रममा पूर्वीचौकी गाउँपालिकाका जनप्रतिनिधीहरु, डोटीका निमित्त प्रमूख जिल्ला अधिकारी किरण जोशी, प्रहरी प्रमूख प्रहरी उपरिक्षक दान बहादुर मल्ल, कृषि ज्ञान केन्द्र डोटी र कृषि विकास निर्देशनालयका प्रतिनिधीहरु, पूर्वीचौकी गाउँपालिकाका कर्मचारीहरु, पत्रकारहरु र स्थानीय किसानहरुको सहभागिता रहेको थियो ।

No description available.

No description available.

Leave A Reply

Your email address will not be published.