स्वास्थ्य कार्यालय डोटीको वार्षिक समिक्षा गोष्ठी सम्पन्न

1,262

प्रेम नेपाली,
भाद्र २६, डोटी ।
स्वास्थ्य कार्यालय डोटीको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ ।
शुक्रबार र शनिबार गरि २ दिनसम्म दिपायल सिलगढी नगरपालिकाको सभाहलमा आयोजित समिक्षा गोष्ठी सम्पन्न भएको हो ।
समिक्षा गोष्ठीमा जिल्लाका ९ वटै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरुले आ-आफ्नो प्रस्तुतीकरण गरेको स्वास्थ्य कार्यालय डोटीका तथ्यांक अधिकृत तथा सूचना अधिकारी महेश प्रसाद बोहराले जानकारी दिए ।
सबै पालिकाहरुले प्रस्तुतीकरण गरिरहदा संस्थागत रिपोर्टको आधारमा दिपायल सिलगढी नगरपालिका बाहेक अन्य पालिकाको समयमै संस्थागत रिपोर्टिङ गर्ने क्रममा केही सुधार गर्नुपर्ने अवस्था रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
समिक्षा गोष्ठी समापन कार्यक्रममा बिशिस्ट अतिथि समेत रहेका स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले आफ्नो अनुभवहरु सुनाउदै सुदूरपश्चिममा स्वास्थ्य सम्बन्धी हरेक कुराहरुलाई अझै सुधारमा ल्याउन सबै स्वास्थकर्मिहरुले आफ्नो काममा दत्तचित्त भएर खट्नुपर्ने बताए ।
डा. अवस्थीले स्वास्थ्य सम्बन्धी आफुले योजना गरेको सुरक्षीत मातृत्व कार्यक्रम राष्ट्रिय नीतिमा परेको पनि जानकारी दिए । साथै उनले अहिले चलिरहेको ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम पनि एकदमै प्रभावकारी रहेको बताए । त्यस्तै मानिस स्वस्थ रहन छिटो र धेरै सन्तान जन्माउन नहुने कुरामा जोड दिए ।
यस्तै डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले मानिसको जन्म र मृत्युसङ्ग जोडिएका स्वास्थ्यकर्मीहरुको कामको प्रशंसा गरिन् ।
आफु पनी यसै प्रदेशको भएका कारण आफुले आफ्नै क्षेत्रमा काम गर्ने ईच्छाशक्ति रहेका कारण सुदुरपश्चिममा आएको र सम्पूर्ण स्वास्थ्यकर्मीहरुले पनि आफ्नो क्षेत्रका जनताका लागी सकेजतिको सेवा दिनका लागि उनलेे विशेष आग्रह समेत गरिन् ।
यसैबीच स्वास्थ्य कार्यालय डोटीले समिक्षा गोष्ठी समापनको कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मीहरुलाई सम्मान पनि गरेको छ ।
सम्मानित हुनेमा सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिष्टेन्ट नन्द बहादुर देउवा, तिखात्तर स्वास्थ्य चौकीका
अनमी जानु कुमारी माझी, दुर्गामाण्डौ स्वास्थ चौकीका सिनियर अहेव खेमराज जोशी, बन्लेक स्वास्थ्यचौकीका महिला स्वास्थ्य स्वयंसेसेविका निर्मला देवी धामी, बर्छैन स्वास्थ्यचौकीका ल्याब असिष्टेन्ट अर्जुन पुन मगर, मुडेगाउँ स्वास्थ्य चौकीका सिनियर अहेव प्रेम बहादुर कठायत, तिखा स्वास्थ चौकीका सिनियर अहेव तेज बहादुर खड्का रहेका छन् । त्यस्तै डौड स्वास्थ्य चौकीका अनमी पूर्णिमा चन्द, गैरागाउँ स्वास्थ्य चौकीका अनमी डम्वरी पण्डित, हडितोला सामुदायिक स्वास्थ्य इकाइका अहेव मोहनराज ओझा, गगुडा स्वास्थ्य चौकीका अहेव शेर बहादुर बोगटी, लामिखाल स्वास्थ्य चौकीका महिला स्वास्थ्य स्वयंसेसेविका जानकी सिंह र चवाराचौतारा स्वास्थचौकीका महिला स्वास्थ्य स्वयंसेसेविका दुर्गा गड्सिला पनि सम्मानित भएका हुन् ।
सम्मानित सर्वोत्कृष्ट स्वास्थ्यकर्मीलाई ५ हजार नगद र उत्कृष्टलाई ३ हजार नगद, दोसल्ला र प्रशंसा-पत्र सहित सम्मान गरिएको स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख उद्धव बहादुर ठगुन्नाले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.