डोटीमा ३ वर्षे बालिका बलात्कारको आरोपमा एक १७ वर्षे किशोर पक्राउ

737

असोज १२, डोटी ।

डोटीमा ३ वर्षे बालिका बलात्कार गरेको आरोपमा मंगलबार एक १७ वर्षे किशोर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको सायल गाउँपालिकाका १७ वर्षे युवक रहेको समाचार श्रोतले जनाएको छ ।

बालिकाले पानी खाने भनेपछि आफ्नो घरभित्र लगी पानी खुवाउने मौका छोपी भएको बलात्कारको घटना हिजो सोमबार दिउँसोको भए पनि सार्वजनिक भने भएको थिएन ।

घटनाबारे अनौपचारिक हल्लाका भरमा सूचना पाएपछि प्रहरीले विस्तृत खोज अनुसन्धान शुरु गरेको थियो । प्रहरीलाई प्राप्त जानकारी अनुसार छिमेकी अंकलको छोरी, नाताले बहिनी पर्ने ३ वर्षे बालिका बलात्कार गरी १७ वर्षे किशोर फरार रहेको सूचनाका आधारमा हिजो सोमबार देखि नै प्रहरीले खोजी कार्य शुरु गरेको थियो ।

आज मंगलबार ति युवकलाई दिउँसो करिब २ बजेतिर डोटीकै शिखर नगरपालिका वडा नं. ११ मा उनका आफन्तको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घटनाबारे औपचारिक मुद्धा दर्ता नहुँदै प्रहरीले आरोपितलाई पक्राउ गर्न सफल भएको हो ।

उनलाई अहिले प्रहरीको नियन्त्रणमा राखिएको छ भने बलात्कृत बालिकाको स्वास्थ्य उपचार भईरहेको र उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाईएको छ ।

उमेरका हिसाबले पीडक किशोर १८ वर्ष मुनिका नाबालकै रहेकाले विस्तृत नाम ठेगाना भने सार्वजनिक गरिएको छैन ।

Leave A Reply

Your email address will not be published.