नेकपा एमाले जोरायल गाउँपालिका डोटीको अध्यक्षमा भण्डारी र सचीवमा भट्ट

876

कार्तिक १६, डोटी ।
नेकपा एमाले जोरायल गाउँपालिका डोटीको अध्यक्षमा युवा नेता तीर्थ भण्डारी चयन भएका छन् ।
सोमबार राती सम्पन्न गाउँपालिकाको प्रथम अधिवेशनबाट भण्डारीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको अधिवेशनको अध्यक्ष मण्डलका संयोजक मीन बहादुर रोकायाले जानकारी दिए ।
समितिको उपाध्यक्षमा इन्द्रा ओली, सचीवमा चित्रराज भट्ट, उप-सचीवमा शेर बहादुर देउवा र गगन सिंह रावत एवं जोरायल गाउँपालिकाको ६ वटै वडाबाट प्रतिनिधित्व हुने गरि
अरु सदस्य रहेका छन् ।
नेकपा एमाले तत्कालीन इलाका नम्बर ६ का संयोजक चन्द्रप्रकाश मल्लको अध्यक्षता एवं सुदूरपश्चिम प्रदेश कमिटी सदस्य पदमराज भट्टको प्रमूख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

Leave A Reply

Your email address will not be published.