लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अध्यक्षमा दर्लामी र उत्पीडित जातीय मुक्ति समाजको संयोजकमा पार्की चयन

601

फाल्गुन २१, डोटी ।
नेकपा एमालेको जनवर्गीय संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल डोटी र नेपाल उत्पीडित जातीय मुक्ति समाज डोटीको जिल्ला भेला शनिबार सिलगढीमा सम्पन्न भएको छ ।
उक्त भेलाबाट बिर बहादुर दर्लामीको अध्यक्षतामा आदिवासी जनजाति महासंघको २५ सदस्यीय जिल्ला कमिटी र पूर्ण बहादुर पार्कीको संयोजकत्वमा ९९ सदस्यीय जातीय मुक्ति समाजको जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरिएको छ ।
दिपायल सिलगढी नगरपालिकाको सभाहलमा दुवै जनवर्गीय संगठनको संयुक्त भेला आयोजना गरिएको थियो ।
भेलामा नेकपा एमाले पोलिट ब्यूरो सदस्य गौरी ओली, एमालेकेन्द्रिय सदस्य एवं जातीय मुक्ति समाजका नेता अफिलाल उखेडा, जनजाति महासंघका केन्द्रीय महासचिव पेम्बा गुरुङ भोटे, एमाले डोटी जिल्ला अध्यक्ष चक्र मल्ल लगाएतका नेताहरूले सम्बोधन गरेका थिए ।
लगाएतको सहभागिता रहेकोे जनाइएको छ ।
एमालेमा विभिन्न २२ वटा जनवर्गीय संगठन रहेकोमा सबै कमिटीहरु गठन गर्ने तयारीमा एमाले रहेकोे छ ।

Leave A Reply

Your email address will not be published.