सायलको कौराडीमा बल्यो बिजुली, स्थानीय हर्षित

731

चैत्र १३, डोटी ।
डोटीको छपाली जिल्लाकै दुर्गम क्षेत्र मध्येको एउटा क्षेत्रको रूपमा चिनिन्छ । साविकको छपाली गाउँ विकास समिति हाल सायल गाउँपालिका अन्तरगत वडा नम्बर १ हो ।
सोही वडाको कौराडी गाउँमा आइतबार राष्ट्रिय प्रसारण लाइनको बिजुली बाल्न सफल भएको भन्दै स्थानीय निकै हर्षित बनेका छन् ।
सायल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष हिरा थापाले चिम बालेर उद्घाटन गरेका छन् । नेपाल विद्युत प्राधिकरण डोटी वितरण केन्द्रका इन्चार्ज शेर बहादुर कठायत, वडाका जनप्रतिनिधि लगाएतको उपस्थितिमा विद्युत उद्घाटन गरिएको हो ।
यतिन्जेल टर्च, सोलार लगाएतबाट उज्यालो बाल्दै आएका कौराडीका करिब २ सय जति घरधुरीले अब बत्ती बाल्न पाएको सायल गाउँपालिका वडा नम्बर १ छपालीका सहायक कर्मचारी करन देउवाले जानकारी दिए ।
गत वर्ष चैत्रमा नै गाउँमा बिजुली बाल्ने योजना भए पनि प्राविधिक कारणबस बल्ल बिजुली गाउँमा पुगेको उनलेे सुनाए ।
वडा नम्बर १ को कार्यालय लगाएत अन्य गाउँहरुमा विद्युत विस्तार गर्न पोल गाड्ने काम भैसकेको र लाइन बिस्तार गर्न टेण्डर भैसकेको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.