कैलालीको गोदावरी ११ का एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

315

भाद्र १०, कैलाली ।
सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
मंगलवार कोरोना पुष्टि भएका गोदावरी नगरपालिका वडा नं. ११ का ४५ बर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

केही दिनदेखि धनगढीमै रहेको निसर्ग अस्पतालको आईसियूमा उपचार गराईरहेका ति पुरुषमा मंगलबार बेलुका कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार राती नै सेती प्रादेशिक अस्पतालमा लगिएको थियो ।
उपचारका क्रममा संक्रमण पुष्टि भएपछि निसर्ग अस्पतालको मंगलबार राती देखि नै आईसियु वार्ड सिल गरिएको छ ।

मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने र त्यसका लागि नेपाली सेनाको टोली सेती अस्पताल पुगिसकेको छ ।
यो संगै सुदूरपश्चिममा कोरोना संक्रमित मृतकको संख्या १४ पुगेको छ । मंगलबार मात्रै भदौ १ गते मृत्यु भएका कैलालीकै बर्दगोरिया गाउँपालिकाका एक पुरुषमा मृत्यु भएको ९ दिनपछि कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave A Reply

Your email address will not be published.