जिल्ला अस्पताल डोटीमा गरीएको कोरोना परीक्षणमा थप २ जनामा कोरोना पुष्टी

410

भागरथी मडै
भाद्र १०, डोटी ।
जिल्ला अस्पताल डोटीमा आज बुधबार गरिएको स्वाव परीक्षणमा २ जनामा कोरोना पुष्टी भएको छ ।

अस्पतालका पिसिआर प्रयोगशाला इञ्चार्ज शौरभ श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्ती अनुसार मंगलबार र बुधबार गरी जम्मा ९१ वटा नमुनाहरुको परीक्षण गरिएकोमा २ जनाको नतिजा कोरोना पोजेटिभ आएको र बाँकी ८९ जनाको नतिजा नेगेटिभ आएको हो । संक्रमितहरुमा २जना पुरुष रहेका छन् ।
संक्रमित हुनेहरुमा अछामको मेल्लेख गाउँपालिका ६ का १ पुरुष र मेल्लेख गाउँपालिकाकै वडा न. १ का १ पुरुष गरी २ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाईएको छ ।

Leave A Reply

Your email address will not be published.