“नेपाल र नेपाली जनताको भविष्य एमालेको भरमा छ” – अध्यक्ष मल्ल
कार्तिक ५, डोटी
नेकपा (एमाले) डोटीका अध्यक्ष एवं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेश सभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार चक्र मल्लले नेपाल र नेपाली जनताको भविष्य एमालेको भरमा रहेको बताएका छन् ।
निर्वाचन विशेष नजर अनलाइनसङ्गको कुराकानीमा नेता मल्लले पार्टी स्थापना कालदेखि हालसम्म राष्ट्रियता, विकास र जनजीविकाका सवालमा एमाले सबैभन्दा लोकप्रिय र जिम्मेवार पार्टी भएकोले देशमा एमालेले जित्नैपर्ने र एमाले नेतृत्वको सरकार आवश्यक रहेको जिकिर गरे ।
त्यस्तै प्रदेश सभा सदस्य निर्वाचन डोटी निर्वाचन क्षेत्र नम्बर १ मा आफ्नो जीत पनि सुनिश्चित रहेको उनलेे बताए ।
उक्त क्षेत्रमा यसपटक एमाले डोटी अध्यक्ष मल्ल र सत्तारुढ गठबन्धनका उम्मेदवार एवं नेपाली काङ्ग्रेस डोटी सभापति नरेन्द्र बहादुर सिंहबिच प्रतिस्पर्धा भैरहेको छ ।
२०७४ को निर्वाचनमा एकचोटी पराजित भएको तर जनतासङ्ग निरन्तर प्रत्यक्ष जोडिएर काम गर्दै आएकोले पनि यस पटक सैद्धान्तिक मतसङ्गै आम डोटेली मतदाताको सहानुभूति मत समेत आउने वातावरण आफुले पाएकाले उनले बताए । त्यसैले पनि आफ्नो जीत सुनिश्चित रहेको उनले दावी गरे ।
को हुन् चक्र मल्ल ?
नेकपा एमालेबाट प्रदेश सभा सदस्य डोटी निर्वाचन क्षेत्र १ बाट प्रत्यक्षतर्फका उम्मेदवार रहेका युवा नेता चक्र मल्ल एक प्रभावशाली नेताका रुपमा परिचित छन् । एमाले डोटी जिल्ला अध्यक्ष समेत रहेका मल्ल विशेषतः बोलीमा प्रखर, अडानमा शशक्त, जुझारु, कुशल संगठक एवं कुटनीतिक चातुर्य भएको व्यक्तिका रुपमा परिचित छन् ।
वि.संं २०३७ साल बैशाख २० गते बुबा प्रताप मल्ल
र आमा मन कुमारी मल्लको कोखबाट जन्मिएका मल्ल २०४९ सालमा डोटीको उच्चाकोटमा अवस्थित सिताराम उच्च माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्दादेखि नै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको प्रारम्भिक कमिटि सदस्यमा आवद्ध भएर राजनीतिमा जोडिएका हुन् ।
त्यसपश्चात २०५१ सालमा नेपाली काँग्रेसको प्रभाव क्षेत्र मानिने डोटीको गोपघाटमा अवस्थित राधाकृष्ण मा.वि. मा अनेरास्ववियुको अध्यक्ष बनेका थिए ।
विद्यार्थी जीवनमै राजनीतिमा सक्रिय बेनका नेता मल्ल डोटी बहुमुखी क्याम्पसमा वि.सं. २०५३ सालतिर अनेरास्ववियुको प्रारम्भिक कमिटि अध्यक्ष हुँदै २०५७ सालमा उक्त क्याम्पसको स्ववियु सभापति बनेर आफुलाई अझै प्रभावशाली रुपमा स्थापित गर्न सफल भए ।
त्यस्तै स्ववियु काउन्सिलको केन्द्रिय सदस्य समेत बनेका नेता मल्ल अनेरास्ववियु डोटीको दुई कार्यकाल जिल्ला अध्यक्ष भएर जिम्मेवारी बहन गरेका थिए ।
२०६४ सालतिर नेकपा एमालेको जिल्ला कमिटि सदस्य बने भने २०६६ सालमा पार्टीको जिल्ला कमिटि उपाध्यक्षमा निर्वाचित भएर जिम्मेवारी सम्हाले ।
एमाले राजनीतिमा दुइ पटकसम्म राष्ट्रिय प्रतिनिधी परिषद सदस्य बनिसकेका नेता मल्ल २०६९ मा एमाले डोटी जिल्ला अध्यक्षमा निर्वाचित भए ।
जुन समयमा देशभरका साविकका ७५ वटा जिल्लामध्ये सबैभन्दा कम उमेरमा जिल्ला अध्यक्ष बनेर उनले एमाले पार्टीभित्र नेपालमै छुट्टै पहिचान बनाए ।
अंग्रेजीबाट एम.ए. उत्तिर्ण गरेका मल्ल लामो समयसम्म शिक्षण पेशामा संलग्न थिए । डोटीको सानागाउँमा रहेको सरस्वती उच्च माध्यमिक विद्यालयमा झण्डै एक वर्षभन्दा बढी प्राध्यापन गरेका उनी उक्त विद्यालयमा उच्च माध्यमिक तहको संयोजकको भूमिकामा थिए ।
त्यस्तै डोटी बहुमुखी क्याम्पसमा झण्डै ९ वर्ष प्राध्यापन गरेका उनी उक्त क्याम्पसमा अंग्रेजी विषय विभाग प्रमूख एवं त्रिभुवन विश्वविद्यालय अन्तरगत अंग्रेजी विषय विभागको केन्द्रिय सदस्य भएर काम गरेका थिए । केही समय उनलेे प्रभात उच्च मा वि मा पनि प्राध्यापन गरेका थिए ।
प्राध्यापनमार्फत राम्रै आम्दानीसँग जोडिएका मल्लको बढी झुकाव राजनीतिमा भएपछि जिम्मेवारीबाट राजीनामा दिएर पूर्ण रुपमा राजनीतिमा होमिएका व्यक्ति हुन् । उसो त अध्यक्ष मल्ल झण्डै एक दशकदेखि व्यावसायिक रुपमा बंगुरपालन, कुखुरापालन, तरकारी खेती, फलफुल खेती, जडिबुटी खेतीमा पनि संलग्न छन् ।
डोटीको आदर्श गाउँपालिकाका स्थायी बासिन्दा रहेका नेता मल्लले गौरेली गाउँमा मुना मेमोरियल एकेडेमी सञ्चालन गर्दै आएका छन् ।
२०७४ मा सम्पन्न प्रदेश सभा निर्वाचनमा पनि डोटी निर्वाचन क्षेत्र ‘क’ बाट उम्मेदवार बनेका नेता मल्लले पार्टीभित्रको मतभेद व्यवस्थापन हुन नसक्दा उक्त निर्वाचनमा झिनो मतअन्तरले पराजय भोग्नुपरेको थियो ।
त्यसपछि २०७५ जेठ ३ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच पार्टी एकता भएसङ्गै बनेको नेकपाको पनि २०७६ साल बैशाख ८ गते डोटी जिल्ला अध्यक्ष बनेका थिए ।
जुन समयमा तत्कालीन नेकपाका अध्यक्ष केपीशर्मा ओली प्रधानमन्त्री नेतृत्वको सरकार थियो । यद्यपि नेकपा भित्रको खटपटका कारण तत्कालीन प्रधानमन्त्री ओलीले २०७७ पुस ५ मा संसद विघटन गरेसङ्गै अग्रगमन र प्रतिगमनका नाममा नेता, कार्यकर्ता विभाजित भएका थिए ।
‘नेकपा’ नामबाट पहिले नै निर्वाचन आयोगमा दल दर्ता भैसकेको बारे सर्वोच्च अदालतमा परेको उजुरीपछि २०७७ फाल्गुन २३ मा भएको फैसला अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपालाई पुर्ववत दुई पार्टी २०७५ जेठ २ को अवस्थामा फर्कन भनेपछि नेकपाबाट फ़ेरि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुरानै अस्तित्वमा फर्केका थिए ।
पार्टीको आन्तरिक राजनीतिक सङ्क्रमणका कारण लामो समय पार्टी अस्तव्यस्त रहे पनि २०७८ कार्तिक २७ गतेको सहमति अनुसार २०७५ जेठ २ को अवस्थामा पार्टी पुनः जाग्रीत गर्ने भन्दै अध्यक्ष चक्र मल्लकै नेतृत्वमा एमाले एकढिक्का भएर अघि बढेको थियो ।
त्यसपश्चात २०७८ पुस २३ देखि २६ सम्म सेती सभाहल राजपुरमा सम्पन्न भएको नेकपा एमाले डोटीको आठौं जिल्ला अधिवेशनबाट मल्ल फ़ेरि डोटी जिल्ला अध्यक्ष बनेका थिए । यसपटकको निर्वाचनमा डोटी निर्वाचन क्षेत्र १ मा नेता मल्लको नाम सर्वाधिक चर्चामा रहेकोे छ ।