बाल विवाह अन्त्यका लागि समुदाय स्तरीय सचेतना अभियान बारे अन्तरक्रिया सम्पन्न

302

शिव ओली/पुस २, डोटी ।
डोटीको जोरायल गाउँपालिका-२, बुडरमा बाल विवाह अन्त्यका लागि समुदाय स्तरीय सचेतना अभियान बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
वि.सं. २०८७ सम्ममा स्थानीय तहहरुलाई बाल मैत्री बनाउने लक्ष्य पूरा गर्न जोरायल गाउँपालिकाका ६ वटै वडामा अन्तरक्रिया कार्यक्रम आयोजना गरि सुझाव संकलन गर्ने र सोही आधारमा पालिकाको रणनीतिक योजना निर्माण गर्ने उद्देश्यका साथ यूनिसेफको सहयोगमा जोरायल गाउँपालिकाद्वारा कार्यक्रमको आयोजना गरिएको हो ।
राज्यद्वारा निर्मित ऐन कानुनको पालना हुन नसक्नु र सचेतनाको कमीका कारण बाल विवाह अझैसम्म नरोकीएको हुँदा सरकारले लिएको लक्ष्य बमोजिम बाल विवाहमुक्त समाज निमाण गर्न स्थानीय स्तरमा सचेतनामूलक कार्यक्रम संचालन गरिएको जोरायल गाउँपालिकामा सञ्चालित बाल संरक्षण कार्यक्रम संयोजक डम्मर बोहराले बताए ।
उक्त कार्यक्रममा बाल विवाह रोकथामका उपाय, बाल विवाह सम्बन्धि कानुनी व्यवस्था, मुलुकी अपराध संहिता, दण्ड तथा जरीवानाको व्यवस्था र छाउपडी लगायतका विषयमा समेत छलफल गरिएको थियोे ।
जोरायल गाउँपालिका वडा नम्बर- २ का वडा सदस्य एवं वडा स्तरीय बाल अधिकार समिति संयोजक मिना देवी बिकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा स्तरीय विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेबी, बुद्धीजिबी, नेपाल प्रहरी, आमा समूहका प्रतिनिधि, बालबालिका लगाएतको सहभागीता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.