डोटीको पूर्वीचौकी गाउँपालिकामा एमाले र युवा संघद्वारा अनिश्चितकालिन तालाबन्दी

1,182

चैत्र २४, डोटी ।
डोटीको पूर्वीचौकी गाउँपालिकामा नेकपा एमाले र राष्ट्रिय युवा संघ नेपालले शुक्रबार अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।
नेकपा एमाले पूर्वीचौकी गाउँपालिका कमिटी अध्यक्ष टेक बहादुर बोगटी र राष्ट्रिय युवा संघ नेपाल डोटी सचिव राहुल बोहरा नेतृत्वको टोलीले तालाबन्दी गरेका हुन् ।

Нет описания фото.
विभिन्न १४ बुँदे सवाल उठान गर्दै तालाबन्दी गरिएको राष्ट्रिय युवा संघ नेपाल डोटी सचिव राहुल बोहराले जानकारी दिए ।
गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुलाई कार्यालय बाहिर जान अनुरोध गर्दै दिउँसो करिब साढे १२ बजेतिर तालाबन्दी गरिएको एमाले पूर्वीचौकी गाउँपालिका कमिटी अध्यक्ष टेक बहादुर बोगटीले बताए ।
आफुले उठाएका सवालहरु सम्बोधन नभएसम्म तालाबन्दी कायमै राख्ने पनि उनले बताए ।

Возможно, это изображение 3 человека и больница
आफु व्यक्तिगत काम विशेष गाउँपालिका बाहिर रहेको तर कार्यालयमा बुझ्दा १४ बुँदे माग राख्दै एमाले र युवा संघले तालाबन्दी गरेको पूर्वीचौकी गाउँपालिकाका सूचना अधिकारी गगन भण्डारीले जानकारी दिए ।

Возможно, это изображение 4 человека
यस्ता छन् १४ बुँदे सवालहरु :
१) यस अगाडी मिति २०७९ माघ ६ गतेका दिन आम जनजीविकाका सवालमा यस पूर्वीचौकी गाउँपालिकालाई गराईएको
ध्यानाकर्षणको पूूर्ण व्यवास्ता हुनु ।
२) गत १ वर्षदेखि नै गाउँपालिका प्रमूख प्रशासकीय अधिकृत र लेखापालविहिन हुनुु ।
३) कतिपय कर्मचारीहरुले लामो समयसम्म तलब सुविधा नपाएको साथै सामाजिक सुरक्षाभत्ता र काम सम्पन्न विभिन्न योजनाहरु भुक्तानी नहुनुु ।
४) स्वास्थ्यचौकीहरुमा आधारभूूत औषधीहरु (सिटामोल समेत) को चरम अभाव हुनुु ।
५) शिक्षक (करार) र रोजगार सहायकको विज्ञापन गरी लामो समयसम्म परीक्षा गर्न नसक्नुु ।
६) कृषि अनुुदानको नाममा चरम भ्रष्टाचार हुनुु ।
७) गाउँपालिकाको कार्यपालिकाले गरेका निर्णय लुकाएर राख्नु कार्यान्वयन ।
८) स्वास्थ्य औषधी जस्तो सम्वेदनशील चिज खरिदमा लामो टेन्डर प्रक्रिया अवलम्बन गर्नु ।
९) भूकम्प पीडितहरुले पाउने राहतका सामाग्रीहरु पूर्वाग्रही हिसाबले वितरण गर्नुु । त्रिपाल लगाएत भूकम्प प्रभावितका लागि खरिद गरिएका सामाग्रीहरु बिना टेन्डर मनोमानी खरिद गर्नु ।
१०) पटक–पटक विविध विषयमा मनोमानी विवादास्पद निर्णय गर्ने र फेरी पछि सर्दै निर्णय कायान्वयन गर्न नसक्नु ।
११) पोखरी–बगडा–गजडा, चौराहा–गैरागाउँ सडक बिना टेन्डर र बिना उपभोक्ता समिति आफुखुुशी काम गराउनुु ।
१२) वडा नम्बर १ को कार्यालयमा नियम विपरित कर्मचारी भर्ना गर्नु ।
१३) कोभिड–१९ प्रभावितहरुले पाउने रकम मनोमानी तवरले वितरण गर्नु र पूरा रकम वितरण नगर्नुु ।
१४) खरिद समितिले गर्नुपर्ने सामाग्रीहरु नियम विपरित जनप्रतिनिधीहरु स्वयंले खरिद गर्नुु ।Нет описания фото.Нет описания фото.Возможно, это изображение 3 человека, больница и текст «OPPO A52 ©Rahul Bohara»

Leave A Reply

Your email address will not be published.