गजल
– मनमोहन ठकुल्ला
म असफल भएकाे छु , मुस्कुराइ दिनुहोस्
मुहारकाे दुबै गालामा फूल फुलाइ दिनुहाेस्
तपाइले पटकपटक मेराे बाटाे छेक्नु भन्दा
बरू मलाई बिच बाटाेमा लडाइ दिनुहाेस्
म निर्दाेष छु, दाेषी फैसला गर्नु भन्दा पहिले
श्रीमान् ज्यु ! चिहान जाने बाटाे जुराइ दिनुहोस्
देशकाे चिन्ताले मानसिक राेगी बनेकाे हुँ
सरकार अब मलाई जिउन दबाइ दिनुहाेस्
म सर्वहारा वर्ग हुँ ,न्याय पाउने आश मार्छु
बरू मलाई एक बिर्को विष खुवाइ दिनुहोस्