डोटी जीप दुर्घटनाप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी डोटीद्वारा शोक व्यक्त

214

कार्तिक १९, डोटी ।
केआईसिंह राजमार्ग अन्तरगत डोटीको शिखर नगरपालिकाको अण्यौलमा भएको जीप दुर्घटनाप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल डोटीले शोक व्यक्त गरेको छ ।
इन्चार्ज सन्देश र संयोजक निर्मलद्वारा जारी शोक वक्तव्यमा भनिएको छ ‘यो दु:खद घडीमा हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल डोटीको तर्फबाट गहिरो दु:ख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल घरपरिवारमा गहिरो समवेदना प्रकट गर्दछौं ।’
शोक वक्तव्यमार्फत घाईतेहरूको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै पीडित पक्षसङ्ग छिटोभन्दा छिटो राहत तथा क्षतिपूर्तिको लागि सम्बन्धित पक्षको ध्यानाकर्षण पनि गराइएको छ ।
धनगढीबाट बाजुरा जाँदै गरेको चालक सहित १० जना सवार ग २ च २७७६ नम्बरको बोलेरो जीप हिजो राती करिब साढे दुई बजे दुर्घटनामा परि ४ जनाको घटना स्थलमै मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए ।
मृतक र घाइते सबै बाजुराको गौमुल गाउँपालिका बासिन्दा रहेका छन् ।

Leave A Reply

Your email address will not be published.