देशभर १ हजार ६९ जना संक्रमित थपिए, काठमाडौंमा ४८१

240

भाद्र १६, काठमाडौं । 

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६९ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १ हजार ६९ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस अनुसार काठमाडौं जिल्लामा ३ सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतले नियमित अपडेटमा दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई ७ सय ६८ जना डिस्चार्ज भएका छन् भने मंगलबारसम्म कूल २२ हजार १ सय ७८ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ रहेको छ ।

Leave A Reply

Your email address will not be published.