डोटीको पप माविले अन्तर विद्यालय स्तरीय क्रिकेट, वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता गर्दै

माघ २६ देखि फाल्गुन २ गतेसम्म वार्षिकोत्सव मनाइने

1,129

माघ २१, डोटी ।
डोटीको सदरमुकाम सिलगढीस्थित पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयले दिपायल सिलगढी नगरपालिका स्तरीय अन्तर विद्यालय क्रिकेट, वक्तृत्वकला र हाजिरी जवाफ प्रतियोगिता आयोजना गरी वार्षिकोत्सव मनाउने भएको छ ।
वि.सं. २००४ सालमा स्थापना भएको उक्त विद्यालय स्थापनाको ७६ औं वार्षिकोत्सवको अवसरमा माघ २६ देखि फाल्गुन २ गतेसम्म विभिन्न प्रतियोगिता कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाइने विद्यालयले जनाएको छ ।
सो विद्यालयले सार्वजनिक गरेको सूचना अनुसार दिपायल सिलगढी नगरपालिकाभित्रका विद्यालयहरुलाई अन्तर विद्यालय क्रिकेट, वक्तृत्वकला र हाजिरी जवाफ प्रतियोगितामा सहभागिता जनाउन निमन्त्रणा गरिएको छ ।
विद्यालयको सूचना अनुसार क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमलाई रु.३५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र तथा द्वितीय हुने टिमलाई २० हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको छ ।
त्यस्तै वक्तृत्वकला प्रतियोगितामा प्रथम पुरुस्कार रु.३ हजार, द्वितीय पुरुस्कार रु. २ हजार र तृतिय पुरुस्कार रु. १ हजारको व्यवस्था गरिएको छ ।
त्यस्तै हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुनेलाई रु. ५ हजार, द्वितीय हुनेलाई रु. ३ हजार र तृतिय हुनेलाई रु. २ हजार नगद पुरुस्कारको व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।
प्रतियोगिता सम्बन्धमा विद्यालयको आधिकारिक फेसुबक पेज श्री पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालय, सिलगढी डोटीमा विस्तृत सूचना जारी गरिएको छ ।

Leave A Reply

Your email address will not be published.