डोटीको आदर्शमा कुटाकुट हुँदा दुई जना घाइते, दुई जनाकै अवस्था `सिरियस´

4,143

बैशाख २९, डोटी ।
डोटीको आदर्श गाउँपालिका ४ पातलमा कुटपिट हुँदा दुई जना घाइते घाइते भएका छन् । दुई जनाकै स्वास्थ्य अवस्था `गम्भीर´ रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
शुरुमा हिजो बैशाख २८ गते आइतबार राती अन्दाजी पौने एघार बजेको समयमा पातल गाउँमा बस्ने बर्ष ३१ को अशोक रोकायालाई अपरिचित व्यक्तिले धारीलो हतियार प्रहार गरी टाउको र शरिरका बिभिन्न भागमा चोट लागी घाईते अवस्थामा फेला पारेको बताइएको छ । घट्नास्थलमा ११ बजेतिर सोही पातल गाउँ बस्ने ३०/३२ वर्षको सन्तोष भाटले प्रयोग गर्ने मोबाईल फेला पारेका थिए । त्यसपछि घाइते भेटिएका अशोक रोकायाका आफन्तहरुले सन्तोष भाटले नै कुटपिट गरेको आशंका गरी आदर्श गाउँपालिका ४ को देहिमाण्डौबाट सन्तोष भाटलाई नियन्त्रणमा लिई कुटपिट गरेको प्रहरीले जनाएको छ । साथै उनको सु.प.प्र. ०१ ००१ च ४११८ नं. को बोलेरो जिपमा तोडफोड तथा आगजनी गरी पूर्ण रुपमा क्षेती भएको बताइएको छ ।
घटना बारे जानकारी पाएपछि प्रहरी निरिक्षक राजेन्द्र बहादुर चन्दको कमाण्डमा खटिएको टोलीले घाईते दुवै जनालाई उद्दार गरी उपचारको लागी दिपायल तर्फ पठाएको थियो । अशोक रोकायालाई राती करिब सवा एक बजेतिर सुजङ अस्पताल राजपुर डोटीमा पुर्‍याई उपचार भईरहेको र सन्तोष भाटलाई राति करिब डेढ बजेतिर जिल्ला अस्पताल डोटीमा पुर्‍याई उपचार भईरहेको छ ।
घटनाको विस्तृत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

(अपडेट नोट : यस समाचारमा सन्तोष भाटको ठेगाना `पातल´ उल्लेख छ । प्रहरीले दिएको रिपोर्ट अनुसार अशोक रोकायाको ठेगाना आदर्श गाउँपालिका ४ पातल उल्लेख गरिएको र सन्तोष भाटको ठेगाना पनि ऐ.ऐ. भनी उल्लेख गरिएकाले ठेगाना फरक पर्न गएको हो । तर सन्तोषको ठेगाना आदर्श गाउँपालिका ४ रोडिङ गाउँ भएको बुझिन आएकोले ११:५० बजे नोट अपडेट गरिएको छ । पाठक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौं । – सम्पादक )

Leave A Reply

Your email address will not be published.