डोटी सायलका ३ बेसाहारा बालकलाई कैलाली पठाईयो

849

भाद्र २१, डोटी ।

डोटीको सायल गाउँपालिका वडा नं. ६ नारा गाउँका बेसाहारा ३ जना बालकहरुको दीर्घकालिन व्यवस्थापनका लागि आइतबार बेलुकी सवा ६ बजेतिर कैलाली पठाईएको छ ।

बुबा बाजी खाँतीको करिब १५ महिना पहिले मृत्यु भएको र भारतको उडिसा माइती भएकी आमा सँगीता गत फाल्गुन महिनादेखि छोडेर सम्पर्कविहीन भएपछि बेसाहारा बनेका ३ बालकहरु वर्ष ९ का लक्ष्मण, वर्ष ४ का गणेश र वर्ष २ का कृष्ण खाँतीलाई कैलाली पठाईएको हो ।

उनिहरुलाई कैलालीको एसओएस बालग्राममा व्यवस्थापन गर्ने गरी पठाईएको सायल गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष धन बहादुर साउँदले जानकारी दिए ।

डोटीबाट प्रतिनिधी सभा सदस्य प्रेम आलेमगरको पहलमा सायल गाउँपालिका र जिल्ला प्रशासन कार्यालय डोटीको समन्वयमा उनिहरुको दीर्घकालिन व्यवस्थापनका लागि कैलाली पठाइएको हो ।

सायल गाउँपालिका डोटीका अध्यक्ष तेजबहादुर डुम्रेल, सायल गा.पा. ६ का वडा अध्यक्ष धन बहादुर साउँद र स्थानीय समाजसेवी युवा दिपक खाँती सहितको टोलीले उनिहरुलाई सिलगढीसम्म पुर्याई सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत जयन्ती गिरीको रोहवरमा बाल हेल्प लाइन धनगढीका प्रतिनिधी विष्णुमाया पौडेलमार्फत एसओएस बालग्राम कैलालीमा पठाईएको हो ।

कोरोना महामारीको संक्रमणलाई मध्यनजर गरी ती बालकहरुलाई कैलालीमा लगेपछि १४ दिन जति बाल हेल्प लाइनले हेरचाह गर्नेछ भने तत्पश्चात उचित लालनपालन र शिक्षा, दिक्षाका लागि एसओएस बालग्राममा व्यवस्थापन गरिने सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत गिरीले बताईन् ।

Leave A Reply

Your email address will not be published.