सिलगढीका चार माविलाई खेल सामाग्री वितरण

861

जेठ २९, डोटी ।
डोटीको सदरमुकाम सिलगढीमा रहेका चार वटा माध्यमिक विद्यालयहरुलाई विहिबार खेल सामाग्री वितरण गरिएको छ ।
विद्यार्थीहरुलाई वडा सरकार साथमा रहेको अनुभुती दिलाउने र खेल क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ ले खेल सामाग्री वितरण गरेको वडा अध्यक्ष नरेश मलासीले बताए ।
वडा नम्बर ६ भित्र पर्ने चार वटा माध्यमिक विद्यालयहरु पद्म पब्लिक मुक्ति नारायण मावि, पवित्र आवासीय मावि, जिनियस इन्टरनेशनल एकेडेमी र मोर्निङ लाइट सेकेन्डरी स्कुललाई रु ४० हजार बराबरको खेल सामाग्री वितरण गरिएको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का वडा सचिव हरिसुन्दर श्रेष्ठले जानकारी दिए ।
विद्यालयलाई सामाग्री वितरण सहयोग गरेकोमा सबै विद्यालय प्रतिनिधिहरुले वडाको टिमलाई धन्यवाद दिएका छन् ।

Leave A Reply

Your email address will not be published.