प.प.मा.वि.की कञ्चन पाली बनिन् एसइइ २०८१ मा “डोटी जिल्ला टपर”
असार १४, डोटी ।
माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८१ मा पद्यम पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालय सिलगढीकी छात्रा कञ्चन पाली ‘डोटी जिल्ला टपर’ बनेकी छन् ।
उनले ३.९६ जिपिए प्राप्त गरी जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको शिक्षा विकास तथा समन्वय इकाइ डोटीका निमित्त इकाई प्रमुख ममता पालले जानकारी दिइन् । जोरायल गाउँपालिका – ४ बिनोडा स्थायी घर भएकी पालीले एसइइ परीक्षामा डोटी जिल्लाको इतिहासमा अहिलेसम्मकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव ओझाले जानकारी दिए ।
त्यस्तै राधाकृष्ण माध्यमिक विद्यालय गोपघाटका निराजन बलायरले ३.९२ जिपिए सहित जिल्लामै दोश्रो भएका छन् भने केदारेश्वर माध्यमिक विद्यालय कपल्लेकीका वैभव कार्कीले ३.९० जिपिए सहित तेश्रो हुन सफल भएका छन् । 
गत चैत्र ७ गतेबाट सञ्चान भएको परीक्षामा डोटीबाट नियमिततर्फ ३ हजार ३५ जना, आर्थिक वर्ष २०७८/०७९ पहिलेका ग्रेडवृद्धितर्फ १९ जना र २०८० को ग्रेडवृद्धितर्फका १ हजार २१ जना परीक्षार्थी रहेका थिए।
