जोरायल गाउँपालिका स्तरीय छैटौं अध्यक्ष कप भलिबल प्रतियोगिता आजदेखि हुँदै

700

कार्तिक १, डोटी ।
डोटीको जोरायल गाउँपालिका स्तरीय छैटौं अध्यक्ष कप भलिबल प्रतियोगिता २०८२ आजदेखि सञ्चालन हुने भएको छ ।
जोरायल गाउँपालिकाको आयोजनामा गाउँपालिकाको केन्द्र रावतकट्टे स्थित रत्न आधारभुत विद्यालयको खेल मैदानमा मध्यान्ह ठिक १२ बजेदेखि पुरुष भलिबल प्रतियोगिता शुरु हुन लागेको हो ।
लिग कम नकआउट चरणमा खेलाईने प्रतियोगितामा जोरायल गाउँपालिकाका ६ वटै वडाबाट ६ वटा टिम सहभागि रहने जोरायल गाउँपालिकाका खेलकुद संयोजक पवन कुमार शाहुले जानकारी दिए ।
कार्तिक ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले समुद्घाटन गर्ने बताईएको छ ।

May be an image of ‎tree and ‎text that says '‎स्पमद्यकः लাत ापपुद قطا कतजसोचर्यर छैठौं अध्यक्ष कप भलि जनोज्व्यकषकाभदिवलप्निगोग्त-1( बल प्रतियोगिता-૨०८२ भા पाल्न हुने प्रमुख अतिधि, विशिष्ट अतिथि, अतिधिहरु, निर्णायक, अफिसियल, खेलाडीमर, पत्रकार, सुरक्षाकमा, स्वास्थ्थकर्मी, समाजसेवी, दुद्दिजीची, खवेलप्रेमी लमायत सम्पू्ण महानुभावरबाई हार्दिक धन्यवाद गर्दठी कार्तिंक 9 देबि गतेसम्म जोरायल गाडपालिका, रावतकह्टे, डोटी‎'‎‎
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु.४५ हजार, द्वितीय टिमलाई रु.२५ हजार, तृतिय टिमलाई रु. १५ हजार र सान्त्वना टिमलाई रु. १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक जोरायल गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाभित्र खेल क्षेत्रको विकास, खेलाडीको क्षमता विकास र खेलाडी उत्पादनका लागि अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन गर्दै आएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।
प्रतियोगितामा मूख्य रेफ्रि सुदूरपश्चिम प्रदेश भलिबल रेफ्रि संयोजक एवं राष्ट्रिय रेफ्रि लक्ष्मण सिं मडै नेतृत्वको टिम रहेको छ ।
प्रतियोगिता आयोजना स्थलमा व्यवस्थापन तयारी पूरा भैसकेको र शुभ दिपावलीको पुर्वसन्ध्यामा आयोजित प्रतियोगिताले आन्तरिक पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने आयोजकले विश्वास लिएको छ ।
वि.सं.२०७४ सालदेखि नै जोरायल गाउँपालिका स्तरीय अध्यक्ष कप प्रतियोगिताको शुरुवात गरिएकोमा बिचमा कोरोना संक्रमणकालका दुइ वर्ष र गत वर्ष २०८१ मा भने उक्त प्रतियोगिता सञ्चालन हुन सकेको थिएन ।May be an image of textMay be an image of train, lumberyard and text

Leave A Reply

Your email address will not be published.