नेकपाका दुइ अध्यक्ष ओली–दाहालबिच छलफल 

स्थायी कमिटीको बैठकमा पेश हुने प्रस्ताव तय

209

भाद्र २४, काठमाण्डौ । 

सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी  (नेकपा) अध्यक्ष द्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको छलफल सकिएको छ ।

उनीहरुले भदौ २६ गते हुने भनिएको पार्टीको स्थायी कमिटीको बैठकको एजेण्डा तय गरेको नेकपा स्रोतले बताएको छ ।

छलफलमा पार्टीको विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदन नै स्थायी कमिटीको एजेण्डा हुने निर्णय भएको हो ।

यसअघि सचिवालय बैठकले दुई अध्यक्षलाई कार्यदलको प्रतिवेदनमा केही परिमार्जनसहित एजेण्डा तय गर्ने जिम्मा दिएको थियो । गत साउन १३ गतेदेखि अन्यौलमा रहेको स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ ।

Leave A Reply

Your email address will not be published.